अमेरिकाद्वारा नेपाललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौं (अस) । कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सघाउन अमेरिकाले नेपाललाई दुईओटा तरल अक्सिजन प्लान्ट प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडका साथ मंगलवार काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई उक्त अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् । यी तरल अक्सिजन प्रणाली उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन्, जसबाट अक्सिजनको नियमित आपूर्ति गर्न सकिने वा प्रतिघण्टा ४० लिटर क्षमताका ४० ओटा सिलिन्डर भर्न सकिने बताइएको छ । यूएसएआईडीको सहयोगमा थप चारओटा तरल अक्सिजन ट्यांक देशभरका विभिन्न अस्पतालमा जडान गर्न लागिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मंगलवार नै अमेरिकाले नेपाललाई यूएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड–१९ सहायता प्रदान गर्ने घोषणा गरेको छ । उक्त सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीमा टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्ने बताइएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका लागि स्वास्थ्यकर्मीको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत पुर्‍याउने जारी विज्ञप्तिमा उल्लेख छ । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।

पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा

भरत शर्मापाल्पा, भदौ १९ । सञ्चारमाध्यले बारम्बार समाचार प्रकाशन गर्न थालेपछि पाल्पा अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । स्विकृती पाएको करीब साढे ३ महिनाको अवधीमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट निर्माण गरी संचालनमा ल्याएको हो । संघीय सरकार अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि १ करोड ५० लाख बजेट […]

सोनु सुदले देशभर अक्सिजन प्लान्ट लगाउँदै

एजेन्सी। भारतीय अभिनेता सोनु सुदले आज एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापन गरेका छन्। उनले केही हप्ताअघि देशका विभिन्न ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने बाचा गरेका थिए। त्यसैअनुरुप उनले आज नेल्लोर सरकारी अस्पतालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गरेका छन्। यसैगरी उनले थप १६ वटा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको भारतीय मिडियाले बताएका छन्।

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो ।

लमजुङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा श्निबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन...

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने भएको छ । तत्काल नैजिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । आर्थिक अभावका कारण अस्तव्यस्त रहेको अर्घाखाँची अस्पतालमा सुधारको प्रयास भइरहेको छ ।अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन् । जिल्ला अस्पतालका लागि संघीय […]

नारायणी अस्पतालमा छैन अक्सिजन प्लान्ट

पर्सा । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तवले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख