तीतोमीठो : ल है प्रगति गर्नोस् !

सबैले भन्छन् प्रगति गर्नुपर्छ । तर कसरी गर्ने ? यो अभाव, पाखण्ड, भ्रष्टाचारको दलदलमा बसेर कता, कसरी प्रगति गर्ने ? तर नेताहरू घाँटी सुक्नेगरी कराइरहेका छन् प्रगति गर, प्रगति गर भनेर । सरकार पनि जनतालाई भन्छ, जे जस्तो परिस्थिति भए पनि प्रगति गर, बाँकी काम सरकारले गर्छ ! सरकार भन्छ तिमी जागीर खाऊ, बेरोजगारीको समस्या आधा समाप्त हुन्छ । फेरि तिम्रो भाइलाई पनि कुनै काममा लगायौ भने बाँकी आधा बेरोजगारी पनि खत्तम । तिमीले काम गर्‍यौ भने सरकारले गरीबी निवारण गर्छ, सरकारको अतिकम विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्ने लक्ष्य पूरा हुन्छ रे ! प्रगति आधुनिक मानिसको चस्का हो । प्रगति हाम्रा समस्याहरूको हल पनि हो । हाम्रा घरहरू बन्नेबित्तिकै देशमा घरविहीनका समस्या दुई तिहाइले हल हुन्छ । बाँकी समस्या शहरहरूमा बनिरहेका अग्लाअग्ला गगनचुम्बी महलमा बनिरहेका फ्ल्याट वा अपार्टमेन्टहरू माथि उठ्नासाथ त्यो पनि समाप्त हुन्छ । प्रगति नगरीकन समस्याहरू सिद्धिँदैनन् । देशमा बेरोजगारी छ । ठीक छ । तिमी जागीर खोज वा स्टार्टअप शुरू गर, नभए विदेश जाऊ । यो सब गर्न कसैलाई अतिरिक्त तिर्नुपर्छ भने तिर । व्यवसाय गर्न घुस दिनुपर्छ भने देऊ । कसैको चाकरी गर्नुपर्छ भने गर । तर प्रगति चैं गर । जागीर पाउनु प्रगति हो, व्यवसाय गर्नु प्रगति हो, अतिरिक्त लाभ प्राप्त गर्नु पनि प्रगति नै हो । निजी सुरक्षा प्रगति हो । सुखी जीवन प्रगति हो । तिमीले पढ्यौ भने शिक्षामा प्रगति हुन्छ । तिमीले कुनै कारखाना चलायौ भने देशमा उद्योग बढ्छ । तिमीले प्रगति गरे सरकारले पनि प्रगतिको चार्ट देखाउन पाउँछ । हिजोआज मानिसहरू ठूल्ठूलो स्वरमा जताततै भ्रष्टाचार बढ्यो, भ्रष्टाचार हुनुहुँदैन मात्र भनिरहन्छन् । ऊनीहरू जुन जुन ठाउँमा सेवा लिन पुग्छन्, त्यहाँ त्यहाँ भ्रष्टाचार हुँनै हुँदैन भनेर कराइरहन्छन् । अर्थात् जुन जुन सरकारी अफिस जसरी चलिरहेको छ चलिरहोस्, तर जब कुनै व्यक्ति त्यस कार्यालयमा पुग्छ, त्यसबेला उसले ख्वाउने, पियाउने गर्न नपरोस् । आफ्नो काम फटाफट होस् । मानिसहरू चाहन्छन् कि पवित्र नदीको बीचमा एउटा टापु बनिरहोस्, जहाँ उनीहरू भ्रष्टाचार गरेर आआफ्नो प्रगति गरिरहन सकून् । वर्षौंदेखि यस्ता टापु बनाउने व्यक्तिगत प्रयासहरूबाट एउटा विराट भूखण्ड बनिसकेको छ । तर सेवा दिएर प्रगति गर्न चाहने मानिसहरू त्यसको ठ्याक्कै उल्टो चाहन्छन् । उनीहरू चाहन्छन् कि देशमा कतै पनि भ्रष्टाचार नहोस्, केवल त्यो ठाउँ छाडेर जहाँ उनीहरू कार्यरत छन् । त्यसैले त न्यायाधीशले अदालतमा भ्रष्टाचार देख्दैन, नेता र पुलिसमा देख्छ । कर्मचारीले आफूकहाँ देख्दैन नेतामा देख्छ । नेता पनि के कम ? आफ्नो आङमा बसेकोे भ्रष्टाचारको भैंसी देख्दैन, कर्मचारीको जीउमा हिँडिरहेकोे घुसको जुम्रा मात्र देख्छ । मानिसहरू चाहन्छन् कि सेवा लिन न्यायालयको र न्यायाधीशको वा अरू कसैको पनि ढोका चहार्न नरोस् र सेवा दिनेको पनि प्रगति होस् । तर फेरि उनीहरू नै कामना गर्छन् कि सरकारी कार्यालयमा वा न्यायालयमा भ्रष्टाचार नहोस् । यस्तो कसरी सम्भव हुन्छ र ? किनकि आफ्ना प्रगतिका आकांक्षा गर्नेले खुला सडकमा हिँडेर त व्यक्तिगत प्रगति हुन सक्दैन । त्यसैले उनीहरू घरघर, दलदल, गल्लीगल्लीका बाटाहरू प्रयोग गर्छन् । यसरी देशैभरि यस्तै प्रगतिको हावा चलिरहेको छ । सबै दलका भूरे टाकुरे प्राय: सबै नेताहरूको सन्देश पनि यही छ कि यसरी नै प्रगति गरिरहू । र यसरी नै देशले प्रगति पनि गरिनै रहेको छ । तर प्रगतिको बाटोमा केही ढुंगाहरू बाँकी छन् । केही पत्रिका र केही पत्रकार छन् । केही कानून छन् । केही विधेयक छन्, जसलाई पास वा फेल गराउनु छ । ती पत्रिका वा पत्रकारहरूलाई केही दिएर गोदी भनेजस्तै काखे मिडियामा परिवर्तन गर्नु, गराउनु छ, ता कि उनीहरूको निजी आर्थिक प्रगतिको रथ अघि बढोस् । त्यसैले कुनै पनि सभा, सम्मेलनमा दुई चारजना जम्मा भएको देख्नासाथ नेताहरू घाँटी सुक्नेगरी, मुटु फुट्नेगरी कराउन थालिहाल्छन्, ‘देशमा भ्रष्टाचार समाप्त हुनुपर्छ ।’ यो उनीहरूको इमानदार इच्छा हो र उनीहरूको दलको घोषणापत्रमा पनि त्यही लेखिएको छ । तर उनीहरूको राजनीतिक दलले पनि प्रगति गर्नु छ । प्रभाव बढाउनु छ, चुनाव जित्नु छ । त्यसैले बाध्य भएर दुई नम्बर कमाइको पैसा ग्रहण गर्नैपर्छ । ऊ मनमनै सोच्छ ‘चारैतिर पवित्र सामाजिक एवं राजनीतिक वातावरण होस्, भ्रष्टाचारहीनताको वातावरण होस् । तर केबल मेरा लागि मात्र यो सुविधा होस् कि भ्रष्ट तरीकाले नै भए पनि प्रस्ट अघि बढ्न सकूँ ।’ प्रगति प्रत्येक व्यक्तिको निजी मामला हो र उसले आफ्नै तरीकाले सुल्झाउनुपर्छ । शिक्षामा भ्रष्टाचार चलिरहोस् । ता कि मेरा छोराछोरीले विदेश जाने मौका पाइरहून्, मेरा कार्यकर्ताले राजनीतिक नियुक्ति पाइरहून् । ठेक्कापट्टामा भ्रष्टाचार चलिरहोस्, ता कि चुनावमा मेरो एक सिट नगुमोस् । तर साथै अर्कोतिर उनीहरू चाहन्छन् कि देशमा भ्रष्टाचार नहोस् । यो कामना ती सबैको हो, जो आफ्नो प्रगतिका लागि मौका पर्नासाथ आफ्नो काम फत्ते गर्न घुस दिन्छन् वा लिन्छन् । म स्वच्छ अरू सबै खत्तम, म सेवक अरू सबै शोषक । यस्तै भाष्यको भरमा नै सबै प्रगतिको बाटो हिँड्न आतुर छन् । मानिसहरू चाहन्छन् कि पवित्र नदीको बीचमा एउटा टापु बनिरहोस्, जहाँ उनीहरू भ्रष्टाचार गरेर आआफ्नो प्रगति गरिरहन सकून् । वर्षौंदेखि यस्ता टापु बनाउने व्यक्तिगत प्रयासहरूबाट एउटा विराट भूखण्ड बनिसकेको छ । कुनै ठाउँ अछुतो छैन । यस्तो किन हुन्छ त ? किनकि सबैलाई प्रगति जो गर्नु छ ? त्यसैले तपाईं पनि यो भौतिक दुनियाँमा छिट्टै र जसरी पनि प्रगति गर्न चाहनुहुन्छ भने एउटा आफ्नै टापु बनाउनुतर्फ लागिहाल्नोस्, जहाँ तपाईंले हरेक भ्रष्ट आचरण गर्ने छूट पाउनुहुन्छ । अनि न हुन्छ तपाईंको प्रगति ! तिहार २०८० को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

सम्बन्धित सामग्री

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौँ, १८ भदौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त […]

सडक विभागको प्रगति ७० प्रतिशत

आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, “विभागले ८० […]

कामपाको आर्थिक प्रगति १८ प्रतिशत मात्र, प्रवक्ताको वडाको प्रगति दयनीय

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा वित्तीय प्रगति दयनीय बनेको छ । महानगरले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १७ को अर्धवार्षिक आर्थिक प्रगति अत्यन्तै कमजोर बनेको छ । कामपाका प्रवक्ता रहेका नवीन मानन्धर अध्यक्ष रहेको सो वडाको आर्थिक प्रगति शून्य दशमलव ७३ प्रतिशत रहेको छ । अधिक वित्तीय […]

सुरुङमार्गको प्रगति ७० प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’ गएको महिना आयोजनाको प्रगति ६७ प्रतिशत थियो । निकासी सुरुङमार्गको २५ […]

नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून

नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ । पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ । दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इ

धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत

निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसि

‘अनुसन्धानमा सकारात्मक प्रगति भएको छ’

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले सकारात्मक प्रगति हासिल गरेको बताएका छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०७८र७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङ्कले देखाएको बताए । […]

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५५ भौतिक प्रगति

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको...

माधव नेपाल भन्छन्– कुराकानीमा कुनै प्रगति भएन

काठमाडौँ। नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा कुनै प्रगति नभएको बताएका छन्। छलफलस्थल मेरियट होटलबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै नेपालले कुनै प्रगति नभएको बताएका हुन्। उनले भने, “म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन।” आज पनि दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो।

गौरवका योजनाकै प्रगति न्यून

भरतपुर महानगरभित्रका गौरवका  आयोजनाको  प्रगति  सन्तोषजनक  हुन सकेको छैन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको   निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”,  प्रमुख दाहालले  आयोजनाका  प्रमुख  तथा  ठेकेदारलाई बोलाएर निर्देशन दिइन्,  “राष्ट्रिय  गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्न