पूर्वगृहमन्त्री खाँण पक्राउ, पूर्वमन्त्री रायमाझी फरार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा सक्रिय गिरोहलाई सहयोग गरेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान पूर्वगृहमन्त्री खाँणलाई चाबहिल मैजुबहालस्थित उनको निवासबाटै पक्राउ गरेको हो । खाँणलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसी उनको निवास पुगेका थिए । […] The post पूर्वगृहमन्त्री खाँण पक्राउ, पूर्वमन्त्री रायमाझी फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।  उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।   अन्य पक्राउ परेकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमवार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ ओटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए । रासस

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री थापाका छोरासहित १७ जना फरार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे उजुरी परेपछि प्रहरीले आरोपिलाई धमाधम पक्राउ गरी अनुसन्धान प्रक्रियाअघि बढाएको हो । १६ जनाविरुद्धको अनुसन्धान प्रतिबेदनमा प्रहरीले यो प्रकरणमा कुन व्यक्ति कुन मितिमा पक्राउ परे भन्ने उल्लेख गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगिएका व्यक्तिहरुको उजरीको आधारमा सुरुमा चैत १२ गते ललितपुर घर भएका सानु भण्डारी र मोरङ […]

पक्राउ परेका १३ मध्ये कोही हिरासतमा कोही कोठामा, किन राखियो छुट्टाछुट्टै?

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्। यस प्रकरणका पक्राउ परेका १३ जनालाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ। १३ जना आरोपीहरूलाई ६ […]

रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ ।  उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतवार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन् । रासस

प्रहरीलाई छानविनमा सघाउँछु भन्दै किन फरार छन् बादल पुत्र प्रतिक ?

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकले प्रहरीको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तर, पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन्। प्रतिकले एक प्रेस वक्तब्य जारी गर्दै आफै गृहमन्त्री भएझै गरी नक्कली भुटानी ...