नेपालमा गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्ति पक्राउ

गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

गाँजा वैधानिक अभियानका अभियन्तालाई रिहाई गर्न प्रदर्शन

काठमाडौं : नेपाल गाँजा वैधानिक महाअभियानका विज्ञ सल्लाहकार तथा अभियान्ता राजिब काफ्लेको बिना सर्त रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ। नेपाल गाँजा वैधानिक महाअभियानले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। काफ्ले भदौ २१ गते पक्राउ परेका थिए। काफ्लेलाई गाँजा सम्बन्धी अन्यायपूर्ण मुद्दा लगाउन खोजिएको प्रदर्शनकारीले आरोप लगाएका छन्। प्रदर्शनमा नेपालमा गाँजा वैधानिकताको लागि संसदमा दर्ता भएको गाँजा खेती सम्बन्धी विधेयक यथासिघ्र टेबल गर्नुपर्ने माग पनि गरिएको थियो।