२१ कात्तिक, काठमाडौं । चीनले आधुनिक विमानवाहक युद्धपोत नौसेनालाई सुम्पिएको छ । शान्दोङ र लियाओनिङपछि चीनले आफ्नो तेस्रो विमानवाहक युद्धपोत ‘फुजियान’लाई समुद्रमा तैनाथ गरेको हो ।
अमेरिकासँग शक्ति संघर्ष बढ्दै गएका बेला चीनले नयाँ युद्धपोत तैनाथ …
काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् । नेपालमा पनि राणा शासनदेखि गणतन्त्र स्थापनासम्मको इतिहास हेर्दा युवाकै सक्रियता र निर्णायक भूमिका थियो । राजनैतिक मात्रै होइन, सामाजिक परिवर्तनमा पनि उनीहरूको उत्तिकै सशक्त भूमिका रहँदै आएको छ । तर त्यो युवा पंक्तिलाई पाका नेताले कहिल्यै नेतृत्वमा आउन दिएका छैनन् । नेपालको दृश्य कस्तो छ भने […]
पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफामा गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा १८ प्रतिशत बढीले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु […]
बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन् । आज एक समारोहबीच काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर सञ्चारमन्त्री खरेलले लाइसेन्स छपाइको शुभारम्भ गरेका हुन् । सञ्चारमन्त्री खरेलले लामो समयदेखि रोकिएको सवारी […]
गण्डकी- अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो । अनलाइनमा सस्तो दरमा सामान […]
काठमाडौं– शनिबार बिहान काठमाडौंका धेरै ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै बुसबार कनेक्सन गर्ने कार्यको क्रममा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने जनाएको हो । कालिमाटी, क्षेत्रपाटी, भिमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्यूरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहाचल र कुलेश्वर रिगमेनमा विद्युत् […]