मधेश प्रदेश सरकारले पायो पूर्णता, मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा यसअघि माओवादी सहभागी भएको थिएन ।