मन्त्री परिवर्तन गर्ने प्रस्ताव गरेको छैनः देव गुरुङ

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्री परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन्। सोमबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रस्ट्याए। उनले मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुनर्गठन हुनै सक्दैन […]