खेलाडी–प्रशिक्षक विवाद : एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । छानविन समितिले गत बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको थियो ।एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले छानविन समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गर्ने बताए । ‘छानविन समितिले बुझाएको प्रतिवेदन हामीले अध्यन गरि सकेका छौं । आज सार्वजनिक गर्ने योजना छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन

सम्बन्धित सामग्री

कतारले नमाने अल्मुताइरी अझै दुई वर्ष नेपालमै रहने !

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पछिल्लो समय विवादको घेरामा छन् । राष्ट्रिय टोलीका दश खेलाडीलाई क्याम्प छोड्न बाध्य बनाएका उनी अहिले राष्ट्रिय टोली घोषणा गर्दा झनै विवादमा छन् ।दश खेलाडीसँग विवाद भएपछि एन्फाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समिति प्रतिवेदन सार्वजनिक गरेपनि अल्मुताइरीको गल्ती देखिएको हो । छानविन समितिले अल्मुताइरीलाई कतार फुटबलसँग परामर्श गरेर मुख्य प्रशिक्षक परिवर्तन गर्न बताएको छ । त्यसैमा दुइ मत बाजिएको छ ।अल्मुताइरीलाई कतार फुटबल ए

खेलाडी–प्रशिक्षक विवाद : प्रतिवेदनको विषयमा चुनावपछि मात्र छलफल हुने

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय फुटबल खेलाडीबीच विवादको विषयमा चुनाव पछि मात्र छलफल हुने भएको छ । एन्फामा छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीलाई परिवर्तन गर्न सुझाव दिएको थियो ।प्रतिवेदन सार्वजनिक भएपछि एन्फा अहिले चुनावी माहोलमा छ । तत्काल कार्यसमिति बैठक बस्ने वातावरण नभएकाले एन्फाले विवाद समाधानका लागि चुनावपछि मात्र कार्यसमिति बैठक राख्ने निर्णय गरेको छ । एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको समयमा प्र