प्रचण्डको नयाँ बाटो : अब चुनावबाटै समाजवाद !

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एक्काइसौं शताब्दीमा नेपाली समाजवादी क्रान्तिको बाटो कस्तो हुन्छ भन्ने दस्तावेजमा देखाउन खोजिएको यसको शीर्षकले स्पष्ट पार्छ । प्रतिवेदनको शीर्षकमै भनिएको छ– ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो ।’प्रचण्डको प्रतिवेदनमा सातवटा च्याप्टर छन् । १– विषय प्रवेश । २– संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा (क–अन्तरराष्ट्रिय परिस्थि