बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् ।
बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए ।
जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोकर्ण गिरीले जानकारी दिए । स्वास्थ्य कार्य...