बढ्न थाल्यो कर्जा

काठमाडौं । शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंक लचिलो भएसँगै बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न थालेको छ । निक्षेप वृद्धिसँगै राष्ट्र बैंकले नीतिगत सुधार गरेपछि बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिन थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ७८ अर्ब रुपैयाँ वृद्धि हुँदा कर्जा पनि ७३ अर्ब रुपैयाँ विस्तार भएको छ । गत आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा बैंकहरूले कुल ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज २२ गतेसम्ममा निक्षेप ५८ खर्ब ४५ अर्ब र कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।  गत आवसम्म सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा दिएको थियो । साउनदेखि उक्त सुविधा हटेर ५० प्रतिशतमात्र गणना गर्न पाउने प्रावधानका कारण साउन २ गते निक्षेप ५६ खर्ब ५८ अर्ब रुपैयाँमा ओर्लियो । त्यसपछि पनि लगातार घट्दै गएको निक्षेप भदौ २ गतेसम्ममा ५६ खर्ब १० अर्ब रुपैयाँसम्म कायम भएको थियो ।  तर, बैंकरहरूसँगको छलफलपछि कर्जा प्रवाह बढाउन भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भदौ दोस्रो सातादेखि स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह पनि उच्च भएपछि १ महीनामै बैंकिङ प्रणालीमा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।  निक्षेप बढेपछि बैंकहरूले कर्जा प्रवाहमा जोड दिएका छन् । चालू आवको भदौ २ गतेसम्म लगातार घटेको बैंकहरूको कर्जा प्रवाह पछिल्लो डेढ महीनामा ९३ अर्ब रुपैयाँ थपिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल चाडबाडको सिजनले व्यवसाय विस्तार हुँदा बैंकको कर्जा प्रवाह बढेको बताउँछन् । ‘प्रारिम्भक तथ्यांक विश्लेषण गर्दा निक्षेप र कर्जा विस्तार सकारात्मक छ,’ उनले भने, ‘कुन क्षेत्रमा कर्जा गएको छ र यो कत्तिको दिगो हो भन्ने विश्लेषण गर्न विस्तृत तथ्यांक नै कुर्नुपर्छ ।’ राष्ट्र बैंकले कर्जा नीतिमा गरेको परिवर्तनले पनि सकारात्मक प्रभाव पारेको हुन सक्ने उनको अनुमान छ ।  लामो समयसम्म सुस्ताएको कर्जा विस्तार पछिल्लो समयमा बढ्न थालेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । ‘डेढ वर्षयता बैंकहरूको कर्जाको विस्तार नकारात्मक थियो,’ उनले भने, ‘केही महीनायता भने यो बढ्न थालेको छ ।’ बैंकहरूबाट ठूला आयोजनामा कर्जा प्रवाह नभए पनि आयात तथा उपभोग्य क्षेत्रमा ससाना लगानी हुन थालेको शर्माले बताए । ‘कुनकुन क्षेत्रमा कर्जा गइरहेको छ भन्ने विस्तृत तथ्यांक हामीसँग छैन,’ उनले भने, ‘तर, मुख्य गरी चाडबाड लक्षित आयात र उपभोग्य शीर्षकमा कर्जा प्रवाह भएको हुन सक्छ ।’ शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै राष्ट्र बैंकले गत सातामात्र शेयर र व्यक्तिगत घरजग्गा, रियल इस्टेट र सवारीसाधन कर्जा नीति पुनरवलोकन गरेको थियो । राष्ट्र बैंकले असोज १८ गते एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै शेयर धितो कर्जाको सीमा वृद्धि गरी व्यक्तिगत लगानीकर्तालाई अधिकतम १५ करोड र संस्थागत लगानीकर्तालाई अधिकतम २० करोड पुर्‍याएको छ ।  यस्तै घरजग्गा धितो मूल्यांकनमा उपत्यकाभित्र ३० र उपत्यकाबाहिर ४० प्रतिशतसम्म ऋण दिन पाउने सीमा बढाएर ५० प्रतिशत पुर्‍याएको छ । यस्तै निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका घर निर्माण व्यवसाय कम्पनी/परियोजनालाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जामा धितोको ६० प्रतिशतसम्म दिन सक्ने व्यवस्था गरेको छ । यस्तै २५ लाख रुपैयाँभन्दा बढीको व्यक्तिगत सवारीसाधन कर्जामा कायम १५० प्रतिशत जोखिम भारित अनुपातलाई घटाएर १२५ प्रतिशत बनाएको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार असोज २२ गते बैंकहरूको औसत निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८१ दशमलव ८६ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने भएकाले अझै ४ खर्ब ७५ अर्ब रुपैयाँ हाराहारी कर्जा विस्तार गर्ने क्षमता उनीहरूसँग छ । तर, उच्च ब्याजदर र शिथिल अर्थतन्त्रका कारण कर्जाको माग नभएको बैंकहरूले बताउँदै आएका छन् ।  कर्जाको माग नहुँदा बैंकहरुमा तरलता उच्च भएपछि अन्तरबैंक ब्याजदर सोमवार १ दशमलव ९१ प्रतिशतमा झरेको छ । मौद्रिक नीतिको लक्ष्यअनुसार अल्पकालीन ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल झर्दा पनि राष्ट्र बैंकले बजारबाट तरलता खिचेको छैन । बैंकमा तरलता बढी भएपछि सरकारले पनि सस्तोमा आन्तरिक ऋण उठाउन जोड दिँदै आएको छ । 

सम्बन्धित सामग्री

बढ्न थाल्यो शेयर धितो कर्जा, चार महिनामा ८१ अर्ब १६ करोड लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूबाट ८१ अर्ब १६ करोड रूपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको छ । चार महिनामा वाणिज्य बैंकहरूमार्फत ६३ अर्ब ६० करोड रूपैयाँ, विकास बैंकहरूबाट १४ […]

होला कर्जा विस्तार ?

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्न थालेको छ । ब्याजदरको निर्धारण बजारले नै तय गर्ने गरी लिइएको नीतिकै परिणतिस्वरूप अहिले ब्याजदर घट्न थालेको हो । बैंकहरूमा अहिले ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ । ब्याजदर घटेपछि कर्जामा सकारात्मक असर पर्नुपर्छ तर, कर्जा विस्तार हुने आधार भने पर्याप्त देखिँदैन । विप्रेषण बढेसँगै बैंकहरूमा तरलता बढ्न थालेको हो । त्यस्तै ब्याजदर बढी भएको भनी उद्योगीव्यवसायीले कर्जा लिन गाह्रो मानिरहेका थिए । ब्याजदर घटाउनुपर्ने उनीहरूको माग थियो । अहिले उनीहरूको माग पूरा भएको छ । त्यसो हुँदा अब उनीहरूले कर्जा लिएर लगानी गर्न थाल्नुपर्ने हो । बैंकहरूले अहिले घरजग्गा, शेयर धितो कर्जा र हायर पर्चेज कर्जा केही बढेको बताएका छन् तर जुन परिमाणमा तरलता थुप्रिएको छ, त्यसको अनुपातमा लगानी बढिरहेको देखिँदैन ।  अर्थतन्त्र विस्तारका लागि लगानी बढ्नुपर्छ । लगानी बढ्नु भनेको बैंकहरूको कर्जा प्रवाह बढ्नु हो । तर, उद्योगीहरूले बजारमा माग नभएको भनी अहिले उत्पादन कटौती गरिरहेका छन् । तिहारमा बजारमा निकै चहलपहल देखियो । त्यसले उपभोक्ताको मनोबल बढेको देखाउँछ । यसले निरन्तरता पाएमा बजारमा माग बढ्ने देखिन्छ र त्यसका लागि उत्पादन बढाउनुपर्ने हुन्छ । आयातमा भएको वृद्धिले पनि कर्जाको माग बढ्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले कर्जा लगानीका लागि विभिन्न मापदण्ड र शर्तहरू राखेको छ । यस्तो शर्त अहिले केही खुकुलो बनाइदिएको पनि छ । त्यसो हुँदा कर्जा लगानी बढ्नुपर्ने हो ।  बैंकले कर्जा लगानी गर्न सकेनन् भने उनीहरूको आमदानी निकै खुम्चने देखिन्छ । अहिले खराब कर्जा बढेको छ । त्यसबापत उनीहरूले जोखिम कोषमा रकम बढी रकम राख्नु परेको अवस्था पनि छ । यही दबाबका कारण केही बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । अहिले बैंकर्स एशोसिएशन अफ नेपालले ब्याजदर तोक्न छाडेको छ । त्यसो हुँदा बैंकहरूले आआफ्नो लगानी रणनीति र कोषको अवस्थाअनुसार ब्याजदर घटाउन वा बढाउन सक्छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको असोजमा बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो । मङ्सिरमा पनि घटेको छ ।  नेपाल राष्ट्र बैंक र अर्थमन्त्री दुवैले अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् । उनीहरूको दाबी सही हो भने कर्जा विस्तार पनि हुन थाल्नुपर्ने हो । घरजग्गा विक्रीमा पनि सुधार आएको तथ्यांक सार्वजनिक भएको छ । अर्थतन्त्रका सबै चरहरूमा सुधार आएमात्रै कर्जा विस्तार पनि व्यापक रूपमा हुन थाल्छ । तर, निर्माण क्षेत्र सुस्ताएको छ । यो क्षेत्र धेरै रोजगारी सृजना गर्ने क्षेत्र हो । निर्माण कम्पनीहरूले काम सम्पन्न गरेको ठेक्काको भुक्तानी नपाउँदा नयाँ आयोजनाहरूको कामसमेत प्रभावित भएको छ । दशैंतिहारजस्ता चाडपर्व सकिएपछि विकास निर्माणका कामले गति लिनुपर्ने हो तर अझै सरकारले पूर्वाधार निर्माणका आयोजनाहरूको ठेक्का सम्झौता गरेको छैन । त्यसो हुँदा अर्थतन्त्रले लय समात्छ भनेर विश्वास गर्न सकिने ठाउँ देखिँदैन ।  ब्याजदर घट्दा निक्षेपकर्ताको आय घट्छ । महँगीको दरभन्दा निक्षेपको ब्याजदर बढी हुन थाल्यो भने बचत कम हुन थाल्छ । त्यसले उपभोगलाई बढाउन सक्छ । यस्तोमा माग बढ्न सक्छ । तर, बचत घट्दै जाँदा बैंकहरूमा फेरि तरलता अभावको समस्या बढ्न सक्छ । त्यसैले अर्थतन्त्रको यो चक्रमा सन्तुलन ल्याउन अहिलेको ब्याजदरमा बढीभन्दा बढी कर्जा प्रवाह हुनुपर्छ । कर्जा प्रवाह हुन सकेन र ब्याजदर घट्न थाल्यो भने पूँजीपलायनको सम्भावनासमेत बढ्छ । अत: निजीक्षेत्रको अपेक्षाअनुरूप ब्याजदर घट्दै गएको हुँदा त्यसैअनुपातमा कर्जा विस्तार हुन आवश्यक देखिन्छ ।

घटिरहेको सेयर कर्जा बढ्न थाल्यो

केही महिनायता निरन्तरजसो सेयर बजार घटिरहे पनि पछिल्ला महिनामा सेयर कर्जा बढ्न थालेको सरकारी प्रतिवेदनले देखाएको छ । गत साता प्रकाशित मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत असारदेखि असोजसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब ६.२ प्रतिशतले बढेको हो ।

बढ्न थाल्यो निक्षेप र कर्जा

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा दुवै बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिए पनि अपेक्षाअनुसार कर्जा विस्तार बढ्न सकेको थिएन । तर पछिल्ला सातामा निक्षेप र कर्जा प्रवाह दुवै आशातित रूपमा बढ्न थालेको बैंकरहरू बताउँछन् ।

चाडपर्वलक्षित व्यापारले बढ्न थाल्यो कर्जाको माग

लामो समयदेखि आर्थिक क्रियाकलाप संकुचित बन्दा कर्जा प्रवाह बढ्न सकेको थिएन । तर, भदौ लागेयता कर्जा प्रवाह बढ्न थालेको बैंकरहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको...

बढ्न थाल्यो चलनचल्तीको नगद

काठमाडौं  । अर्थतन्त्रको बाह्य र आन्तरिक अवस्थामा सुधारसँगै बजारमा नगदको कारोबार पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार वैशाखमा बजारमा चलनचल्तीमा रहेको नगद बढेको पाइएको छ ।  राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तमा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ नगद चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा वैशाखमा ११ अर्ब ८७ करोड रुपैयाँले वृद्धि भएको हो ।  चालू आवमा चलनचल्तीमा रहेको नगद लगातार घटेको थियो । कोभिड–१९ महामारी र रुस–युक्रेन तनावको बाछिटाले आर्थिक गतिविधिमा कमी आएसँगै बजारमा नगदको चलनचल्ती घट्न थालेको थियो । चालू आवकै साउनमा ५ खर्ब ९९ अर्ब रुपैयाँ नगद चलनचल्तीमा थियो । सरकार र राष्ट्र बैंकले आयात कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गरेपछि अर्थतन्त्रको सूचकमा सुधार देखिएको छ ।  वैशाखमा नेपाल राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको रकम पनि बढेको छ । २०७९ असारमा नेपाल राष्ट्र बैंकमा बैंकहरूको १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख मसान्तमा २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । चालू आवदेखि राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) वृद्धि गरेपछि राष्ट्र बैंकमा रहेको निक्षेप बढेको हो ।  राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वैशाखमा देशको शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ भने निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ । आयात घट्नुका साथै विप्रेषण बढ्दा राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चितिसमेत बढेको छ । असारमा राष्ट्र बैंकसँग कुल ११ खर्ब ४४ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा वैशाख मसान्तमा बढेर १४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।  अर्थतन्त्रको बा≈य क्षेत्रमा देखिएको दबाबका कारण चालू आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षाबाट ‘सजगतापूर्वक केही लचिलो’ बनाएको छ । मौद्रिक नीतिको कसिला प्रावधानका कारण लगातार उकालो लागेको ब्याजदर घट्न थालेको छ । यस्तै बैंकहरूमा निक्षेप तथा कर्जा पनि वृद्धि हुन थालेको देखिएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ८ दशमलव ५ प्रतिशत कायम गरेको छ । नीतिको अर्धवार्षिक समीक्षाबाट बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो ।

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एक दिनमै कर्

बजेट खर्च बढेसँगै बैंकमा निक्षेप बढ्न थाल्यो, सातामै ७ अर्ब थपियो

चालु आर्थिक वर्षको अन्त-अन्त आइपुग्दा सरकारको बजेट खर्च बढ्न थालेको छ । चालुगत र पुँजीगत दुबै तर्फको खर्च बढ्न थालेसँगै सो प्रभाव यता बैंकिङ निक्षेपमा पर्न थालेको छ ।यसैको प्रभाव पछिल्लो साता मात्र २७ वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप बढ्न पुगेको छ । यद्यपि, सो अवधिमा यता कर्जा लगानीतर्फ  भने २ अर्ब रुपैयाँले घट्न पुगेको बैंकर्स संघले जनाएको छ । संघको पछिल्लो वित्तीय रिपोर्ट अनुसार जेठ १३ गतेदेखि २० गतेसम्ममा २७ वाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ४३ खर्ब ९० अर्ब

आन्तरिक कर्जा बढ्न थाल्यो

कोरोना महामारीका कारण थलिएको निजीक्षेत्रले कर्जा माग बढाउन थालेको छ । आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कुल आन्तरिक कर्जा ८ दशमलव २ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ

बढ्न थाल्यो कर्जा, तर अझै घटेन अधिक तरलता

कोरोना महामारीको प्रभावले गत फागुन महिनादेखि आएको आर्थिक सुस्तताका कारण बैंकिङ प्रणालीमा प्रभाव देखिएको छ । बेलाबखतमा देखिने अधिक तरलता निश्चित सातापछि लयमा फर्कने गरेकोमा यो पटक करिब ९ महिनाभन्दा लामो समय ठूलो रकम बजार पठाउन सकेका छैनन्