‘संसदीय मर्यादा’को माग गर्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । दशैं बिदाका कारण लामो अन्तरालपछि बसेको प्रतिनिधि सभा बैठकमा एमालेले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरेको हो । सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए ।  एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद सं...