लण्डन । बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि बढेको छ । पछिल्लो रिपोर्ट अनुसार थप ३३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा सक्रिय कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ । जसमध्ये ९२५ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा कोरोनाका कारण एकैदिन १११ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म बेलायतमा १ लाख ३१ हजार २६० जनाको मृत्यु भएको छ ।