जनकपुरमा कुद्न थाल्यो रेल

काठमाडौं।जनकपुर–जयनगर रेल सञ्चालनमा आएको छ।रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ।नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरूलाई पनि आवतजावतका लागि सहज बनेको छ।रेल सञ्चालनपछि समयको वचत भएको र सेवा पनि राम्रो रहेको यात्रुहरुको भनाइ छ।