काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था?

कोभिड संक्रमितको उपचार गरिरहेका टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र प्रहरी बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा...

सम्बन्धित सामग्री

संक्रमित बढ्न थालेपछि अस्पतालमा अक्सिजनको अभाव हुने चिन्ता

जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमता

टिकापुर अस्पतालमा अक्सिजनको व्यवस्थापन गर्न आर्थिक सहयोग अभियान

टिकापुर अस्पतालमा अक्सिजनको व्यवस्थापन गर्न स्थानीय स्तरबाटै आर्थिक सहयोग अभियान सुरु भएको छ।

अक्सिजनको अभावमा आन्ध्र प्रदेशमा ११ जनाको मृत्यु

एजेन्सी। भारतको आन्ध्रप्रदेशस्थित तिरुपतिको एक अस्पतालमा अक्सिजनको कमीका कारण ११ जनाको मृत्यु भएको छ। अक्सिजनको अभावमा रुइया अस्पतालमा आईसीयू वार्डमा भेन्टिलेटरमा उपचाररत उनीहरुको मृत्यु भएको हो। अक्सिजनको कमीका कारण पुनः लोड गर्न ५ मिनेट ढिला हुँदा उनीहरुको मृत्यु भएको हो। पाँच मिनेटपछि नै अक्सिजन आपूर्ति सहज भएको थियो। सो अस्पतालमा करिब ७ सय जना कोभिड–१९ का बिरामी उपचाररत थिए।

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव

काठमाडौं, बैशाख २६। कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो । हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ । सरकारले अबको दिनमा अक्सिजन उपलब्ध नगराए स्थिति भयावह हुने खतरा रहेको निजी अस्पतालहरूको संस्था […]

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले  अक्सिजनको अभाव हुन थालेको  बताएका हुन् ।बुधबार साँझ ६० वटा  सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै  पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा  दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै  उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।&lsqu

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा सङ्क्रमितहरुको उपचार भैरहेको छ । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर शुरबहादुर सिंह, रासस

मेरठस्थित केएमसी अस्पतालमा अक्सिजनको कमीले ९ बिरामीको मृत्यु

एजेन्सी। उत्तर प्रदेशको मेरठस्थित केएमसी अस्पतालमा अक्सिजनको कमीका कारण २४ घन्टामा ९ जना बिरामीको मृत्यु भएको छ। जिल्ला प्रशासनले भने पर्याप्त अक्सिजन सिलिण्डर भएको दाबी गरेको छ। अस्पतालमा लगातार अक्सिजनको कमी भइरहेको छ र पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा अक्सिजनको कमीबाट ३० जनाको मृत्यु भएको छ।

दिल्लीमा पनि अक्सिजनको अभाव

एजेन्सी। भारतको संघीय राजधानी दिल्लीमा पनि अक्सिजनको अभाव भएको छ। दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको अभाव हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। योसहित अन्य अस्पतालमा पनि अक्सिजन अभाव भइरहेको छ। दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिइरहँदा भारतमा मागअनुसारको अक्सिजन आपूर्ति भने हुन सकेको छैन।

अक्सिजनको चरम अभाव

भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए। अस्पतालका मेडिकल डाइरेक्टरले २५ जना गम्भीर बिरामीलाई चाहिने अक्सिजन अभाव भएको बताए। दिल्लीका अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेका बेला शुक्रबार उक्त अस्पतालमा दुःखद घटना भएको हो।उपचाररत थप ६० बिरामीको ज्यान पनि जोखिममा रहेको चेतावनी दिएपछि उक्त अस्पतालमा शुक्रबार बिहान अक्सिजनको ट्यांकर उपलब्ध गराइएको थियो। गंगाराम अस्पतालमा मात्र होइन, कोरोना संक्रमण