गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकामा ७१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६३ महिला र ३४७ जना पुरुष रहेका छन् ।गण्डकी प्रदेशमा निषेधाज्ञा खुलेसँगै क्रमश दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भएको छ । आइतबार प्रदेशमा ४४७ जनामा संक्रमण देखिएकोमा आज संख्या बढेर ७१० पुगेको हो । यो संख्या एक महिनाको तुलनामा उच्च हो ।प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोर