काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने निर्णय गरेको छ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए। उनले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई