काठमाडौँ । समानुपातिक पद्धतिमा दलहरूले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरूले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका-१२ का मदन तिवारीले उजुरी दिएका हुन् । उजुरीमा तिवारीले संविधान र ऐनहरू समेत दलहरूले उल्लङ्घन गरेको उल्लेख गरेका छन् । […]