सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।  राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गत...

सम्बन्धित सामग्री

मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम – मधेस सरकारले ०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा दुई चलेको छलफल पश्चात नीति तथा कार्यक्रम पारित भएको हो। विभिन्न दलबाट ४ वटा संशाेधनकर्ताले संशाेधन दर्ता गराएकोमा छलफल पश्चात मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ दिएपछि संशाेधनकर्ताले प्रस्ताव फिर्ता लिएका थिए। उनले संशाेधनमा उठेको कुरा बजेटमा समावेश […]

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौंँ- ​सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको बैठकमा पाँच दिन छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने? प्रचण्ड र ओलीले गरे खुमलटारमा छलफल

काठमाडौं : सरकारको नीति कार्यक्रम कस्तो बनाउने भन्नेबारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्। बुधवार प्रचण्डको निजि निवास खुमलटारमा प्रचण्ड-ओलीबिच भेटवार्ता भएको थियो। उक्त भेटमा सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 'सरकारको कामलाई कसरी…

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत :  कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो।प्रदेशसभाको १०औँ अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए। प्रदेशसभा सदस्यले उठाएका जवाफ मुख्यमन्त्री जीवनबहादुर शाहीले दिए। प्रदेशसभा सदस्यले दिएको जवाफ दिँदै मुख्यमन्त्री शाही अघ

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो।...

बागमती प्रदेशसभा: सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ८ बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा संसद्हरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरूको तयारी रहेको छ ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा पनि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले

बागमती प्रदेशको नीति तथा कार्यक्रम : सत्तापक्षद्वारा स्वागत, प्रतिपक्षको विरोध

बागमती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले सरकारको नीति तथा कार्यक्रम माथि धारणा राखेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका ७ जना, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ८ जना, विवेकशील साझा पार्टीका २ जना, राप्रपाका २ र नेमकिपाका १ जना सांसदले सरकारको नीति तथा कार

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आज छलफल

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आज बुधबार छलफल हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि आ–आफ्नो धारणा राख्नेछन् । सोमबार बागमती प्रदेशका […]

सरकारको नीति तथा कार्यक्रम आज प्रतिनिधिसभाबाट पारित हुने

सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ। आइतबार (जेठ १५ गते) बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण शनिबार नीति तथा कार्यक्रम पारित गर्नै पर्ने भएको हो।शुक्रबार नै पारित गर्ने तयारी रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बोलाइएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय सभाले भने छलफल सकेर शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७८÷७

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बैठकमा प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको हो ।   &