कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन

सुर्खेत । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीय स्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाहय पर्यटक आएका थिए । उनीहरूबाट रू. २१ लाख ७१ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिइन् । त्यस्तै, २०७८ वैशाख–पुससम्म काँक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरूबाट ६ लाख १८ हजार राजस्व संकलन भएको थियो । वीरेन्द्रनगरस्थित प्रादेशिक शहीद उद्यान पर्यटकीय स्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट चार लाख ५० हजार राजस्व संकलन भएको छ । गत चैतसम्म माथिल्लो कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा ९ लाख ३३ हजार राजस्व संकलन भएको छ । साउन–मङ्सिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट तीन लाख सात हजार राजस्व संकलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ । ‘आगामी वर्ष २०७९/८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवर्द्धन र पूर्वाधारका योजना तथा कार्यक्रम बनाउँदै छौं,’ उनले भने । रासस

सम्बन्धित सामग्री

अब वडाबाटै मालपोतको राजस्व संकलन

रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ। मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताए। ‘थोरै...

नौ करोड राजस्व संकलन

म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ […]

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

निरन्तर घट्दै राजस्व संकलन

विराटनगर भन्सारले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

११ लाख राजस्व संकलन

रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारवाहीबाट राजस्व संकलन गरिएको छ । जसमध्ये सबैभन्दा […]

जोखिमकै बीच धेरै राजस्व संकलन

यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणकै समयमा ठूलो मात्रामा राजस्व संकलन गरेको छ।...

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]