राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरण सेवा अवरुद्ध

काठमाण्डौ – राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ । आइतबारदेखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।  अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ ।  तर सिस्टमबाट नयाँ राहदानीका लागि आवेद...