नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो ।एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले न