अमेरिकामा भेटियो अनौठो चरा, ‘आधा भाले-आधा पोथी’

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एउटा अनौठो चरा भेटिएको छ । पंक्षीविज्ञ जेमी हिलले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका हुन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका बीबीसीले जनाएको छ । अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’ हिलका साथीले उनलाई उनले एउटा ‘अस्वाभाविक’ चरा देखेको बताएकी थिइन् । सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका थिए । चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्डु’ भनिन्छ। उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन। तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए । बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए। जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन्