महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त मालीगाउँलाई सहयोग

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचैन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर उपलब्ध गराएको बताइएको छ । यसबाट मालीगाउँ वडाक्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास बैैंककोे छ । प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र कालोपुलका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका थिए । ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहँदै ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई ध्यानमा राखी थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्घ रहेको बैंकको भनाइ छ । 

सम्बन्धित सामग्री

नेपाल प्रहरीलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालयले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने आपराधिक …

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, […]