उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली

सर्वोच्च अदालतपछि अब मातहतका अदालतहरूमा पनि गोला प्रणालीबाट पेसी व्यवस्थापन हुने भएको छ । उच्च र जिल्ला अदालतमा माघ २ बाट गोला प्रणाली लागू गर्ने निर्णय सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले गरेको हो ।