स्पञ्ज आइरनको निर्यातमा भारतले लगायो ५० प्रतिशत कर, नेपालमा साहिल अग्रवालहरु तनावमा

स्पन्ज आइरनको निर्यातमा भारतले ५० प्रतिशतसम्म कर बढाएको छ । भारतबाट अन्य देशमा निर्यात हुने फलामको प्रशोधित कच्चा पदार्थ स्पञ्ज आइरनमा भारत सरकारले करको दरमा भारी बढोत्तरी गरेको हो ।आफ्नो देशमा आयात गर्दाको भन्सार महशुल शून्यमा झार्दै भारत सरकारले निर्यातमा भने ५० प्रतिशत कर लगाउन सुरु गरेको हो । यसअघि स्पञ्ज आइरनको निर्यातमा ३० प्रतिशत कर लाग्दै आएको थियो ।तर, इन्डियन स्टिल्स इन्डष्ट्रिज एशोसिएसनले स्पञ्ज आइरनको निर्यातमा कर बढाउन सुझाव दिएको थियो । उक्त सुझावका आधारमा गत शनिबार भारत सरकारले स्पञ्ज आइरनको निर्यातमा कर बढाएको हो ।यसअघिःसाहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटेभारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सका अनुसार रुस र युक्रेन युद्धले अन्तराष्ट्रिय बजारमा फलाम र स्टिलजन्य बस्तुको अभाव भईरहेकाले देशमै खपत बढाएर उत्पादन वृद्धि गर्न निर्यातमा कर बढाईएको जनाएको छ । के पर्छ नेपालमा असर ?नेपालमा स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट छ । बिजुलीको खपत बढाउन भन्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमार्फत स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिएका थिए । तर, अब नेपालमा स्पञ्ज आइरन ल्याएर बिलेट र फलाम उत्पादन गर्ने उद्योगहरुले ल्याउने देशमै निर्यातमा कर बढेपछि त्यस्ता नेपाली उद्योगहरु प्रभावित हुने भएका छन् ।यो पनिःअग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्माहाल नेपालमा स्पञ्ज आइरन ल्याएर फलाम बनाउने ६ वटा उद्योगहरु छन् । साहिल अग्रवालको जगदम्बा स्टिल, बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल, बिष्णु न्यौपानेको दाईको अम्बे स्टिल, यहीँ समूहका अन्य उद्योगीका अशोक, नारायणी स्टिल)ले लाखौ टन स्पञ्ज आइरन ल्याएर फलाम उत्पादन गर्दै आएका छन् ।नेपालभित्र अरु २६ उद्योगहरु (तयारी बिलेट ल्याएर फलाम बनाउने) लाई प्रतिस्पर्धामा आउनै नसक्ने गरी ‘पोलिसी सेटिङ’ गरेका साहिल अग्रवाल लगातयको समूह भारतले नै निर्यातमा कर बढाएपछि अब रनभुल्लमा परेका छन् ।आफूहरुलाई स्पञ्ज आइरन बिक्रि गर्ने निर्यातकर्तालाई अब निर्यातभन्दा भारतमै बिक्रि गर्दा लाभ हुने भएपछि उसले सामान दिँदैन कि भन्ने चिन्ताले साहिल अग्रवाल, विष्णु न्यौपाने लगायतका उद्योगीहरुलाई सताएको छ ।यो पनिःजनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

सम्बन्धित सामग्री

ओपीडी टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

१० असार, काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो । छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

घरभित्रै ५० प्रतिशत महिला हिंसा

महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार एकसय जना (५० प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको पाइएको छ भने ५३ जना (२७ प्रतिशत) महिला तथा बालबालिकामाथि यौन हिंसा भएको छ ।जसमध्ये २३ वटा (१२ प्रतिशत) बलात्कारको घटना भएका छन् । तथ्याङ्कमा एक नाबालिकको बलात्कारपछि हत्या भएको उल्लेख छ । त्यस्तै, २८ वटा (१४ प्रतिशत) सामाजिक हिंसा, २० वटा (

काठमाडौंमा ५० प्रतिशत मत खस्यो

काठमाडौंमा कुल ५० प्रतिशत मत खसेको छ। बिहान ७ देखि दिउँसो ४ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।काठमाडौं महानगरसहित १० नगरपालिका छन्। तर, सबै तथ्यांक आई नसकेकाले अझै बढी हुनसक्ने बताएको छ।

झापामा ५० प्रतिशत मत खस्यो

झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ ।  झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहे

पश्चिम रुकुममा ५० प्रतिशत मत खस्यो

पश्चिम रुकुममा कुल ५० प्रतिशत खसेको छ। विहान सात बजेदेखि सुरु भएको मतदानमा साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगको कार्यालय जनाएको छ।रुकुममा तीन नगरपालिका र तीन गाउँपालिका छन्।

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यन्त्र वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यान्वयन एकाई उदयपुरले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गरेको छ।...

अब सामुदायिक वनको ५० प्रतिशत काठ सरकारलाई दिनुपर्ने

अब तराई/मधेसमा रहेका सामुदायिक वनले समुहभन्दा बाहिर बिक्रीका लागि तय गरेकोमध्ये ५० प्रतिशत काठ सरकारलाई दिनुपर्ने भएको छ । तराई/मधेसका सामुदायिक वनले ५० प्रतिशत र त्यसबाहेक भूगोलका सामुदायिक वनले २५ प्रतिशत...

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सम्पन्न

धनगढी : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर राष्ट्रिय धान दिवस मनाइएको छ। राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।यसपाली समयमै मनसुन सक्रिय भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा

कोरोना र निषेधाज्ञाले चितवनका ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।