भारतीय जनता पार्टीकी नेतृको बलात्कारपछि हत्या भएको दाबी, आरोपित पक्राउ

भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  फोगाटको शव परीक्षण (पोष्टमार्टम) का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ । फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि रहेकी थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार हुन् । प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ ।