जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

३ असोज, बागलुङ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक […]

सम्बन्धित सामग्री

विश्व वित्तीय सप्ताहको सफलता

२०२३ मार्च २० देखि २६ सम्म ग्लोबल मनी विक अर्थात् विश्व वित्तीय सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । विश्व वित्तीय सप्ताहको यस वर्षको नारा ‘पैसाको योजना गर र भविष्य बनाऊ’ भन्ने रहेको थियो । यो कार्यक्रम मूलतः युवा वर्गमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउन मनाइने गरिन्छ । अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलप्मेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलुकमा यो अभियान सञ्चालन हुँदै आएको छ । विश्व वित्तीय सप्ताह थप उत्साहपूर्ण विश्व वित्तीय सप्ताहको अवसरमा बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी, सदस्यलगायत आम नागरिकले वित्तीय ज्ञान, शीप प्राप्त गर्ने अवसर प्राप्त गरेका छन् । यस अवसरमा वित्तीय सचेतना र्‍यालीहरू, अभिमुखीकरण गोष्ठीहरू, सृजनात्मक, रचनात्मक प्रतियोगिताहरू (कविता निबन्ध आदि), विद्यार्थीहरूबाट बैंक तथा वित्तीय संस्थाहरू र तिनका कार्य प्रक्रियाको स्थलगत अध्ययन, अवलोकनजस्ता कार्यक्रम गरिए जसले वित्तीय ज्ञान, शीप विस्तारमा थप सघाउ पुर्‍याएको छ । यसबाट वित्तीय सचेतनाका यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने विश्वास गर्न सकिन्छ । वित्तीय सचेतना समय सान्दर्भिक वित्तीय सेवामा सर्वसाधारण मानिसको पहुँच अभिवृद्धिका लागि गाउँ, समुदायसम्म बैंक तथा वित्तीय संस्थाहरू विस्तार भएका छन् । तर, तिनबाट केही सीमित मानिसहरू मात्र बढी लाभान्वित भएको अवस्था छ । सेवाहरूका बारेमा जानकारी नै नभएर होस् वा भएर पनि ती सेवाहरू लिने प्रक्रियाका बारेमा जानकारी नभएर होस् या सेवा लिने आँट र विश्वास नभएर होस् कतिपयले अझै बैंक तथा वित्तीय संस्थाहरूले दिने सेवासुविधाबाट खासै लाभ लिन सकेका छैनन् । त्यसैले पनि वित्तीय सचेतना समयको आवश्यकता हो । वित्तीय सेवामा पहुँच पुगेकाहरूका लागि पनि वित्तीय बजारको अवस्थाअनुरूप बचतको वृद्धि, कर्जा सेवा र व्यवसायको विविधीकरण, कर्जाको सदुपयोग, बीमा तथा विद्युतीय बैंकिङ सेवा आदिका लागि वित्तीय सचेतना सम्बन्धी ज्ञान, शीपको जरुरी छ । अति ऋण, बहुऋण, ऋणको दुरुपयोग, सेवाका शर्तहरूमा विविधता र अपारदर्शिता नीति नियमको पालनामा हेलचक्र्याइँ, सेवाभन्दा नाफामुखी प्रवृत्ति आदिका कारणबाट लघुवित्त क्षेत्रमा देखिएको बहस, विरोधको समस्यालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न विश्व वित्तीय सप्ताहको सन्दर्भमा सञ्चालन गरिएका सचेतना कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास गर्न सकिन्छ । वित्तीय व्यवस्थापनमा किशोर/किशोरीको संलग्नता किशोर/किशोरीमा वित्तीय ज्ञान, शीपको वृद्धि समयको अपरिहार्य आवश्यकता बन्दै गएको छ । उनीहरूमा भविष्यको सोच राख्ने, बचत गर्ने, आम्दानीका उपायहरू खोज्ने, बीमा गर्नेजस्ता बानीहरूले वित्तीय अनुशासनको विकास गर्न मद्दत पुग्छ । पारिवारिक आम्दानी र खर्चका विषयमा चासो र सहभागिता पनि बढ्दछ । हाम्रो परिवेश भने बालबालिका वा किशोर/किशोरीसँग सँगै बसेर पारिवारिक आम्दानी र खर्चका विषयमा छलफल गर्ने, वित्तीय लक्ष्य वा योजनाहरू बनाउने अभ्यास ग्रामीण वा शहरी क्षेत्र सबैतिर शून्यप्रायः जस्तैै देखिन्छ । वित्तीय सचेतना विस्तारमा सन्दर्भमा उनीहरूसँग गरिएका अन्तरक्रिया तथा छलफलहरूले पनि यो कुरालाई पुष्टि गर्न मद्दत गरेको छ । असल पारिवारिक वित्तीय व्यवस्थापनको सन्दर्भमा यो पनि एउटा समस्या नै हो । त्यसैले, पारिवारिक आयव्ययको व्यवस्थापन गर्न बालबालिका तथा किशोर/किशोरीहरूमा पनि वित्तीय जिम्मेवारीको बोध गराउँदै लैजान जरुरी छ । बैंक तथा वित्तीय संस्थाहरूबाट केकस्ता सेवासुविधा (बचत, ऋण, बीमा आदि) पाइन्छन्, ती सेवा लिन केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ, के कस्ता नीति तथा शर्तहरू (धितो, किस्ता ब्याज आदि) पालना गर्नुपर्छ, शर्तहरू पालना हुन नसकेको अवस्थामा केकस्तो सजाय भोग्नुपर्छ भन्नेजस्ता कुराहरूमा किशोर/किशोरीमा राम्रो जानकारी हुन आवश्यक छ । त्यसो भयो भने मात्र उनीहरूमा ती काम सम्पन्न गर्ने क्षमताको विकास हुन्छ र परिवारलाई सघाउन उनीहरू तत्पर हुन्छन् । पारिवारिक आम्दानी वृद्धिका काममा उनीहरूको सहभागिता बढ्छ । यस्तो सहभागिताको प्रतिफलस्वरूप उनीहरू आफ्नो भविष्यप्रति सचेत र उत्तरदायी हुन्छन् र उनीहरू खराब संगतमा फस्ने, कुलतमा लाग्ने सम्भावना हुँदैन । युवायुवतीमा अहिले शारीरिक श्रमप्रति खास चासो र सहभागिता देखिँदैन । बजारमा रोजगारीका सजिला उपाय कम छन् । अतः उनीहरूको अधिक समय घुमफिर, फोन, इन्टरनेटको अनुपलब्धिपूर्ण प्रयोग आदिमा बितेको पनि देखिन्छ । यस्ता बानीहरूको विकासले आर्थिक तथा सामाजिक जीवनलाई धरापमा पार्दै लैजान सक्ने हुन्छ । यसप्रति समयमै परिवार, समाज र राज्यको ध्यान नपुग्ने हो भने चुनौतीपूर्ण भविष्यको सामना गर्नुपर्ने अवस्था सृजना हुन सक्छ । यसो हुनाले पनि विश्व वित्तीय सप्ताहले बालबालिका तथा किशोर/किशोरीहरूमा असल वित्तीय व्यवहार र पारिवारिक आर्थिक मामलामा चासो, त्यसमा सहभागिता गर्ने बानीको विकास गर्न सघाउ पुर्‍याउन सक्नुपर्छ । त्यसैले वित्तीय सचेतनाका यस्ता कार्यक्रमलाई कुनै सप्ताह विशेषमा मात्र सीमित नराखी निरन्तर गर्र्नुपर्छ भन्ने कुराको सन्देश पनि विश्व वित्तीय सप्ताहले दिएको छ । वित्तीय ज्ञान, शीप सबैका लागि महत्त्वपूर्ण इच्छा तथा आवश्यकताहरू पूरा गर्ने माध्यम आखिर पैसा नै हो । त्यसैले ‘अर्थमूलं सर्वकार्यं (सबै काम पूरा गर्ने साधन पैसा नै हो) आदि भनिएको छ । जीवनका हरेक पलमा आवश्यक पर्ने पैसाको प्रयोग र व्यवस्थापनका सम्बन्धमा ‘पैसा यस्तै हो, आउँछ जान्छ, चलेकै छ, निर्वाह भएकै छ’ भन्ने जस्तो सामान्य सोचले सजिलो र सुखी भविष्य हुन सक्दैन । त्यसैले पैसाका बारेमा सही सोच राख्नु, पैसाको प्रयोगका बारेमा सही निर्णय गर्नु, सही काममा खर्च गर्नु, सकेसम्म धेरै बचत गर्नु, सम्भाव्यता हेरेर आम्दानी हुने काममा लगानी गरी आम्दानी बढाउनु सबैका लागि जरुरी छ । यस अर्थमा पनि वित्तीय ज्ञान, शीप सबैका लागि अपरिहार्य बनेको हो । यस वर्षको विश्व वित्तीय सप्ताहले सो सम्बन्धी ज्ञान, शीपको विस्तारमा ठूलो योगदान पुर्‍याएकोे छ । यस्तो ज्ञान, शीपलाई व्यवहारमा प्रयोग गरी तथा असल वित्तीय व्यवहारको अवलम्बन गरी सुखी, सम्पन्न भविष्यको बाटो लाग्न सकेमा विश्व वित्तीय सप्ताह सार्थक र उपलब्धिपूर्ण बन्नेछ । लेखक वित्तीय साक्षरता अभियानमा संलग्न व्यक्ति हुन् ।

जनगणना : गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिरोको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । गत भदौ ३० देखि सुरुआत भएको सूच