तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान !

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको हो । यसअघि आज दिउँसो नै भएको मत विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत जुटाउन असफल हुनुभएको थियो । 

सम्बन्धित सामग्री

सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।  ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि द...

दलहरुलाई मात्र सात दिनको समय दिएर सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।