इन्द्रजात्रा : कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री वसन्तपुरमा (फोटोफिचर)

इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बसन्तपुरस्थित कुमारी यात्राको अवलोकनका लागि बसन्तपुर पुगेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री पुग्ने प्रचलन रहँदै आएको छ । इन्द्रजात्राको दिन हनुमानढोकास्थित गद्दी बैठकमा राजतन्त्र रहुञ्जेल राजाबाट गणेश,  भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो। अहिले भने राष्ट्र प्रमुखका साथै सर