प्रहरीले बरामद गरेको मल भन्सार प्रमुखले सेटिङमा लगाए तस्करको जिम्मा

गत वैशाख २९ गते शुक्रबार प्रहरीले गोली चलाएर बरामद गरेको मलखाद गौर भन्सारले केही बेरमै पुनः तस्करको जिम्मा लगाएको छ।...

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएको ११० बोरा युरिया मल बरामद

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३ बाट प्रहरीले १ सय १० बोरा रासायानिक मल बरामद गरेको छ । भारतबाट भन्सार छलेर गोदाम गरी राखिएको अवस्थामा युरिया बरामद गरेको प्रहरीले जनाएको छ ।

भन्सार छली ल्याइएको ३ सय ५० बोरा अवैध मल बरामद

रुपन्देहीबाट ३ सय ५० बोरा अवैध मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको हो ।

बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद

कपिलवस्तु। कपिलवस्तुको यशोधरा गाउँपालिका ७ नुनुवाबाट करीब २ लाख ६७ हजार रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ । भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका हुन्। बरामद चालम तथा मल […]

२ लाख बढीको अवैध चिनी र मल बरामद

पश्चिम नवलपरासीमा प्रहरीले सोमबार २ लाख बढीको अवैध चिनी र मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरको टोलीले बर्दघाटबाट अवैध...

रौतहटमा लाखौंको चिनी र डिएपी मल बरामद

रौतहट : रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको  १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल

भन्सार छली ल्याएको चिनी र डिएपि मल बरामद

जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा करिब आठ लाखको चिनी र डिएपि मल बरामद गरेको हो।...

भारतबाट ल्याइँदै गरेको १०० बोरा मल बरामद, प्रहरीले भन्सारलाई बुझायो

कञ्चनपुर : पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा) मल बरामद गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो । दोदा पुलस्थित जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए। प्रहरीले से २ त २३७० नम्बरको ट्याक्टर समेत बरामद गरेको छ।भारतबाट ल्याएको मल कृष्णपुरतर्फ गइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। &nbs

अवैध रासायनिक मल बरामद

कञ्चनपुर : बेदकोट नगरपालिका–७ झजपुराका चक्र फर्सवानको घरबाट प्रहरीले ३९१ बोरा रासायनिक मल बरामद गरेको छ। फर्सवानको घरमा अवैध रुपमा राखिएको डिएपी मल बिहीवार साँझ बरामद गरेको प्रहरीले बताएको छ।उक्त मल भारतबाट अवैध रुपमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनका अनुसार बरामद मलको मूल्य सात लाख ८२ हजार रुपैयाँ रहेको छ। बरामद मल  भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

ट्रकसहित रासायनिक मल बरामद

पश्चिम नवलपरासीको वर्दघाटबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको एक ट्रक रासायनिक मल प्रहरीले बरामद गरेको छ । बिहीबार रातिको समयमा वर्दघाट नगरपालिका वडा –४ को त्रिवेणी चोकबाट प्रहरीले सूचनाका आधारमा ना ७ ख ९२४३ नम्बरको ट्रकसहित ५ लाख २६ हजार ८०० रुपियाँ बराबरको रसायनिक मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो ।