सत्ताराजनीतिमा एमसीसीको असर

समाचार विश्लेषण । प्रधानमन्त्री नियुक्त भएलगत्तै शेरबहादुर देउवालाई बधाई दिनेमा अमेरिकी राजदूत रेन्डी बेरी देखिए । देउवा सत्तामा पुगेपछि अमेरिकाबाट धमाधम कोरोना भाइरसविरुद्धका खोप भित्रन थाल्यो । खोपस्थलमा देउवाको साथमा उनै बेरी देखापरे । यसले नेपालको शासन सत्तामा अमेरिकी प्रभाव बढेको सन्देश गइरहेको छ । देउवा प्रधानमन्त्री भएपछि अमेरिका नेपाल मामलामा सबैभन्दा उत्साही भएको देखिएको […]

सम्बन्धित सामग्री

एमसीसी कसरी अघि बढाउने हाम्रो हातमा छ

एमसीसी लामो छलफल, विवाद र बहसबाट अनुमोदन भएको छ । सुरुमा एमसीसी परियोजनालाई सामान्य रुपमा लिइनु, पछि यसलाई धेरै भयानक बनाउनु र विवादमा तान्नु राम्रो काम थिएन । खासगरि नेपालका केही नेता र कर्मचारीतन्त्रबाट भएका यस किसीमका प्रयासहरुले सकारात्मक सन्देश दिदैन । यसले हाम्रो अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पनि असर पर्छ । एमसीसीको पक्ष र […]

एमसीसी अनुमोदनको असर

सत्तागठबन्धनमा रहेका राजनीतिक दलले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेपछि यसले पार्टीको आन्तरिक अन्तरविरोधमा निकै बढोत्तरी ल्याएको छ । नेपाली कांग्रेसका शीर्ष नेता र जनताबीच ठूलो फाटो आइरहेको छ । दलका नेता र सर्वसाधरण जनताबीच अहिलेसम्म रहेको सौहाद्र्रपूर्ण सम्बन्ध बिग्रन पुगेको छ । जनताले गगन थापालगायतका एमसीसीको उग्र प्रशंक नेतामाथि ढुंगा प्रहार गरेर आक्रमण सुरु गरिसकेका […] The post एमसीसी अनुमोदनको असर appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको भूमरीमा देश

सुजन दाहालविश्वको सर्वशक्तिमान अमेरिका जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो भन्दैन । युक्रेनलाई हेर्ने हो भने यो भनाई सिद्ध हुन्छ । त्यस्तो डरलाग्दो विदेश नीति र व्यवहार भएको देशबाट संचालित एमसीसी परियोजनाले नेपालका शीर्ष नेताहरुको भोक निद्रा हरण गरिदिएको छ । यसका लागि नेताहरुको दौडधुप नेपालीको लागि रमिता भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा ओली निवासमा, पुष्पकमल दाहाल बालुवाटारमा, माधव कुमार नेपाल र पुष्पकमल दाहाल भेट, केपी ओली बालुवाटारमा भन्ने समाचार यति धेरै आए कि नेपालीलाई यो समाचारले एक प्रकारले एलर्जी नै भयो । बिषय हो एमसीसी, जुन संसदमा टेवल भयो र सम्भवतः आज नै पारित हुदैछ । नेपाली काग्रेस त सुरुदेखी नै एक पक्षिय रुपमा एमसीसीको पक्षमा खुलेर आयो र संससदमा टेवल गर्न सफल पनि भयो । एमसीसी संसदमा टेवल नै गर्न नदिने अडान राखेका पुष्पकमल दाहाल र माधव नेपालको निद्रा त्यतिखेर हरायो जव प्रमले बालकोटमा गएर ओलीललाई भेटे । त्यसपछि पुष्पकमल दाहाल र माधव नेपालहरु झस्किए । गठबन्धन टुट्ला कि भनेर ।उनीहरुले आफनो आफ्नो पार्टीको बैठक राखे र एमसीसी संससदमा टेवल गर्न दिने तर पास नगर्ने रिजर्रवेशन राखे । सोही अनुसार बाहिर कुर्लिए । परिस्थिती अनुकुल नभएकाले सरकारले संसद बैठक स्थगित गर्न अनुरोध गर्र्दै आयो । र प्रमले पुष्पकमल दाहाल र माधव नेपालको भरपर्दो भरोषा नभएकोले ओलीसंग कुराकानी अगाडी बढाउदै जाँदा आउदो चुनावलाई विचार गर्दै गठबन्धन भत्कियो भने चुनावबाट सकिनेछौ कि भन्ने भयले गर्दा राष्ट्रको होइन आफ्नो भविस्यलाई सम्झेर ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गराउने निचोडमा पुष्पकमल दाहाल र माधव नेपाल पुगे । नेपाली जनतालाई एमसीसीको नाममा विभाजन गराउने पनि यिनै दलहरु हुन् । आज रोडमा जनतालाई उफारेर पुलिसको लाठी खुवाउने पनि यिनै दलहरु हुन् । एकातर्फ एमसीसी संसदबाट पास हुन हुदैन भनेर बुरुक्क बुरुक्क गर्ने र अर्कोतर्फ रोडमा आफ्ना कार्यकर्ता उफ्रार्ने यी दलहरुको डवल स्याण्र्डडले देशलाई क्षति भै रहेको छ । एमसीसीमा विदेशी हस्तक्षेप ज्यादा भयो । अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुको नेताहरुलाई फोन आएपछि माहोल तरङित भयो र सोही बेला त्यसको प्रतिक्रिया स्वरुप चीनको विदेश मन्त्रालयको प्रवत्ताबाट पराकम्प आयो । एमसीसी पास नहँुदा त यो स्तरको अमेरिका र चीनको दोहोरी चलेको छ । यदी एमसीसी पास भएर अगाडी बढ्दै गए पछि त यो देश अमेरिका र चीनको युद्ध मैदान बन्न सक्ने संकेत देखियो । अघिकांस जनता एमसीसी चाहिदैन भनिरहेका छन्, जनताबाट निर्वाचित नेताहरु एमसीसी चाहिन्छ भनेर पारित गर्ने अवस्थामा पुगे । जनताको आवाज विरुद्ध गएर नेताहरुले निर्णय गर्दैछन् । यो निर्णयले दुरगामी रुपमा देशलाई दुर्घटना तर्फ लाने निश्चित छ ।    अहिले दलका शीर्ष नेताहरुलाई भात पानी खाने फुर्सद पनि छैन । सवै नेताहरुलाई आफ्ना आफ्ना प्रभुहरुको आज्ञालाई शिरोधार्य गर्नु पर्ने बाध्यता पनि छ । अर्कोतर्फ मालिकले भनेको मात्र मानौ चुनाव पनि आउदै छ । वास्तवमा दलका नेताहरुलाई एमसीसी ‘खाउ भने दिनभरीको शिकार नखाउ भने कान्छा बाउको अनुहार’ भएको थियो तर अव निचोडमा पुग्यो । एमसीसीको न्यायोपनबाट कुनै शीर्ष नेताहरु अछुतो छैनन् । छेपारो प्रवृत्ति देखाएर जनताको अगाडी ठिक्क पारेका मात्र हुन् । सवै एउटै ड्याङका हुन् । जस्तो सुकै नाटक देखाएर भए पनि सदनबाट एमसीसी पारित हुने नै थियो । दलहरुको जनताको आँखामा छारो हाल्ने ओपन सेक्रेट कुरा आज गठबन्धनको एमसीसी पारित गर्ने निर्णय भए संगै छताछुल्ल भएको हो । यो सबै घटना र परिघटना शक्ति केन्द्रको डिजाइन र निर्देशन बमोजिम भई रहेको छ । एमसीसी पारित भए संगै यो देशमा दीर्घकालीन द्वन्दको बीउ रोपिन्छ । एमसीसीको विरुद्धमा रहेको चीनलले सगरमाथा लगायतको मुद्दा अगाडि ल्याउन सक्छ वा अन्य नयाँ मुद्धा सिर्जना गर्न सक्छ भने अमेरिकाले प्रजातन्त्र र मानव अधिकारको दुहाई दिदै आफ्नो स्वार्थ पूर्तिका लागि सहज बाताबरण प्राप्त गर्दछ । दुई महाशक्तिको चेपुवामा नेपाल गयो । एमसीसीका अधिकांश बुँदा राष्ट्रको हितमा छैनन । अमेरिकी अधिकारीहरुको अनुसार यो इन्डोप्यासेफिक रणनीति (आइपीएस) अन्तर्गतको परियोजना नै हो । एमसीसी एक स्वतन्त्र कम्पनी भनिए पनि यो अमेरिकी साम्राज्यवादको रणनीतिक हतियार नै हो । असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपालले कसैको स्वार्थका लागि देशको सौदाबाजी गर्नु ठिक होइन । सार्वभौमिक समानता र स्वतन्त्रता नेपालसंग छ ।  नेपाललाई वैदेशिक सहयोग आवश्यक छ । तर सार्वभौम नेपाल र नेपालीको शीर गिर्ने गरीको सहयोग लिनु हुदैन । विदेशीसंगै कचौरा थापेर मागेकोे भिखले कतिन्जेल देश चलाउने । देशका शासकको अदुुर्दशिताको परिणाम देश गम्भिर मोडमा पुगेको छ । नेता कमजोर भै विदेशीसँग लम्पसार पर्दाको नियति जनताले भोगिरहेका छन । गाठाला र भजनमण्डलीका कारण राष्ट्रघाति सम्झौता एमसीसी पारित हुने भयो । प्रधानमन्त्री एमसीसी पास गराउन राष्ट्रको सम्पूर्ण दैनिक प्रशासन छाडेर दलहरुको छलफलमा मात्र केन्द्रित छन् । नैतिक रुपमा प्रम उनको पार्टीको सरकारको पालामा उनका मन्त्रीले गरेको सम्झौताको जिम्मेवारी लिन खोज्नु ठीकै होला तर अन्य माओवादी र नेकपा एस जस्ता दलहरुको पिपलपाते निर्णय र अडान एमसीसी पास गर्ने दिनसम्म पनि टिक्न सकेन । शब्द बचन र कर्मले सवै पर्टीहरुले जनताको जनादेश भन्दा बाहिर गएर एमसीसीको ड्रामा देखाए ।उमेरले नेटो काटेका, औषत आयु सकिएका, घाटले आईज आइज भनेर निम्तो गरिरहेका बृद्ध नेताहरुहरुको लोभि पानी मनका कारण राष्ट्र र राष्ट्रियतलाई संकटमा पारिदैछ । यीनीहरुले देशलाई चारैतिरबाट चिथोरिसके चुसिसके भन्ने भान नेपाली जनतालाई परेको छ ।संसारमा कुनै देश मागेर धनी भएको इतिहास छैन । अनुदानले केही समय व्यवहार चलाउने हो तर आफ्नो लागि आफैले सोच्नु पर्ने हुन्छ । हामी माग्ने कुरमा गर्भ गर्छौ । अन्य तमाम आम्दानीका बैल्कपिक स्रोत जुटाउन सक्ने अवस्था भए तापनी मागेर खान पल्किएकाले श्रम गर्न मन पराउदैनौ । यद्यपी देशको राष्ट्रियता, स्वाधिनता र अस्मितामाथि पहिलो खतरा यहीको लोन्डुपे प्रवृत्ति भएका नेताहरुबाट नै छ, । त्यसपछि मात्र अन्यबाट खतरा छ । एमसीसी खारेज पनि गर्न सकिन्छ जुन श्रीलंकाले ग–यो । राज्यको लागि एमसीसीको नाममा आउने पचाँस करोड अमेरिकी डलर ठूलो रकम होइन । यति धोरै सहयोगको नाममा राष्ट्रलाई दूरगामी असर पर्ने काम कोही कसैबाट गर्नु भविस्यका सन्ततीहरु प्रतिको गद्धारी हो । अव एमसीसी पारित हुनु एमसीसी पक्षधरको हालको जित हो । तर त्यसमा मलामी जाने र राष्ट्रवादीका बीचमा द्वन्द्व हुनेछ । भुराजनैतिक रुपमा संवेदनशील यो देश विदेशीहरुको क्रिडास्थल बन्ने अव निश्चित भयो अमेरिकाले यो परियोजना हाम्रो मायाले दिएको होइन । उसको सामरिक महत्व र चीनमाथिको नियन्त्रण नै प्रमुख उदेश्य हो । संसार भरी अमेरिकाले नजर लाएको देशमा उसले कुनै न कुनै वितण्डा गरेर नै छाडेको पाइन्छ । आवरणमा देखाउनलाई विकास भनिए पनि अमेरिकाको कथाकथित षडयन्त्रमा अव देश गयो ।असमान रुपमा गरिएको एमसीसी सम्झौता सम्पूर्णतामा अध्ययन गर्दा धेरै धाराहरुमा नेपाललाई अपमान गरिएको, कानूनी जटिलताले भरिएको, बौद्धिक सम्पती सम्वन्धी असमान नीति, अडिटको एकलौटी व्यवस्था, सम्झौताको कार्यकालको अनिश्चितता आदीलाई हेर्दा देशलाई समृद्धिभन्दा हानी हुने देखिन्छ । जनताको विरोधको बाबजुत जुन एमसीसी पारित गरिदै छ योे सदा सर्वदा देश र जनतामाथिको धोकाधडी र गद्दारी हो । माओवादी केन्द्र, नेकपा एस जस्ता पिपलपाते पार्टीहरुको एक राते अडानका कारण एमसीसी पारित हुन सहज भयो । अव विस्तारै यसका पराकम्पनहरु बढदै जानेछन् र त्यसको भूमरीमा देश फस्नेछ ।

आन्दोलनमा टायरको धुँवा: विरोधको आत्मघाती शैली

काठमाडौँ– राजधानी काठमाडौँलगायत देशका विभिन्न सहरमा हरेक दिनजसो एमसीसीको विरोधमा प्रदर्शन भैरहेका छन्। यस्ता आन्दोलनका क्रममा आन्दोलनकारीले पुतला जलाउने तथा टायर बाल्ने गरेका छन्। आन्दोलनमा यसरी बालिने टायर हानिकारक हुने विज्ञहरु बताउँछन्। यसबाट निस्कने धुँवाले वातावरणमा मात्र नभएर आन्दोलनकारीकै स्वास्थ्यमा नराम्रो असर गर्छ। गएका दुई वर्षमा भएका ठूला प्रदर्शनमा टायर बालिएकाे थिएन। नागरिक आन्दोलन होस् […]

धनुषामा बन्दको प्रभाव न्यून, लामो दूरीको बस चलेन (तस्बिरहरुसहित)

जनकपुरधाम – एमसीसीको विरोधमा गरिएको नेपाल बन्दको प्रभाव धनुषामा न्यून देखिएको छ। विभिन्न दल तथा मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गरे पनि जनकपुरधामसहित जिल्लामा बिहानैदेखि गाडी चलेको छ। विद्यालय तथा व्यापार व्यवसाय पूर्ण रुपमा खुला रहेको छ। धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। […]

बन्दले पोखरा सुनसान, बन्दकर्ताले गाडी तोडफोड गरे

एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ । बिहानैदेखि बन्दकर्ता चोकचोक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन् । लामो दूरीका गाडीसमेत छुटाउन नसकिएको पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।‘कहाँ के हुन्छ थाहा छैन । रिस्क लिएर चलाउन सकिएन,’ उनले भने । पोखरामा निजी गाडीहरु अलिअलि चलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बन्दकर्ताले टायर बालेर बन्दलाई कडा बनाएका छन् । क

ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प

सुर्खेत – एमसीसीको विरोधमा आह्वान भएको नेपाल बन्दको असर कर्णाली प्रदेशका जिल्लामा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र […]

काठमाडौंका विभिन्न स्थानबाट ६ जना बन्दकर्ता पक्राउ

जबरजस्ती बन्द गराउन खोज्ने ६ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेको छ । एमसीसीको विरोधमा विभिन्न ५ कम्युनिस्ट पार्टी र एक मोर्चा संगठनले बन्द आह्वान गरेको हो । सुरक्षा व्यवस्था चुस्त बनाइएकाले बन्दको खासै असर देखिएको छैन । तर, बन्द गराउन निस्केहरुले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर प्रहरी हस्तक्षेपका कारण अप्रिय घटना हुन भने पाएन । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा ५० वर्षीय मंगलबहादुर मोक्तान...

नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा हामी स्वीकार्न सक्दैनौँ : नेता, नेपाल

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन्। सोमबार समाजवादी प्रेस संगठन नेपालको कार्यक्रमा उनले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने बताए। उनले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताएका छन्। एमसीसीको बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी भएमा सच्याएर मात्रै अघि नेपालले बताए।