गठबन्धन सरकार कामचलाउ भइसक्यो : नेम्वाङ

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति तोकिएसँगै अहिलेको गठबन्धनको सरकार कामचलाउन सरकारमा परिणत भएको बताएका छन्।शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन डराइ रहेको अवस्थामा आफूहरूको निरन्तर दबावका कारण सरकारले निर्वाचनको मिति तोकेका पनि बताए।उनले भने,‘ अब करिब एक सय ६–७ दिन मात्र निर्वाचन हुन बाँकी रहेको छ। ढिलै भए पनि तपाई हामी सबैको दबाबमा सरकारले निर्वाचनको मिति घोषणा गरेको छ