गाजा सिटी / प्यालेस्टाइनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाँजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्ष बीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धबिरामको घोषणासँगै प्यालेस्टाइनी नागरिक खुशीले मध्यरातमै गाजाका सडकमा निस्किएका थिए । गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू...