हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह