काठमाडौँ- अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु भएको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी जनस्वास्थ्य विभागले पुष्टि गरेको छ । पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरामीलाई अस्पतालमा उपचार गरिएको भएपनि उनको प्रतिरोध […]