माेटरसाइकल दुर्घटना चालककाे मृत्यु

झापा । कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमालको मृत्यु भएको हो । श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।-न्युज कारखाना

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतबाट मुगुको गमगढी जाँदै गरेको जीप आइतबार जुम्लामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु.१ज. ३७५४ नम्वरको जीप दुर्घटना हुँदा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।...

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–७ का ज्ञानराज थारुको मृत्यु भएको हो।...

रुकुममा ट्रयाक्टर दुर्घटना, एक किशोरको मृत्यु

यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।रा १ च ३२४५ नंको ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भए

विमान दुर्घटना : १६ जनाको मृत्यु

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। आइतबार रुसको तातस्थान क्षेत्र दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ भने सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन् ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।