चीनले अमेरिकी सभामुख पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गर्‍याे

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गरेकाे छ । पेलाेसीले ताइवान भ्रमण गरेर आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप गरेकाे भन्दै चीनले पेलाेसी र उहाँकाे परिवारमाथि प्रतिबन्ध घाेषणा गरेकाे हाे ।  केही दिनअघि मात्रै पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएकाे छ र ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ ।  चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भन्नुभएकाे छ, ‘पेलाेसीले चीनकाे आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनकाे सम्प्रभुत...