कोइराला समूहको छुट्टै बैठक बस्ने

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै कोइराला समूह छुट्टै बैठक बस्न लागेको हो। देउवाले पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज दिउँसो बैठक बोलाएको छ । बैठकमा देउवाविरुद्धको रणनीति तय गर्ने तयारी छ । […]