काठमाडौं : हिन्दुहरूको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको भन्दै सर्वसाधारणहरूले दुखेसो पोखेका छन्।उनीहरूले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए। चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए।उनीहरूले बजारमा चिनीको अभाव र चामल लगायतका खाद्य सामग्रीहरूको गुणस्तरियता नभएको समेत बताए। विगतका वर्षहरूको भन्दा यस वर्