अर्थतन्त्र संकटमा सरकार निद्रामा

गठबन्धनको सरकार गठन भएको सय दिन नाघेको छ । तर, मुलुकमा सरकार भएको अनुभूति भएको छैन । बेला बेलामा मन्त्रीहरूले सिंगापुर बनाउनेजस्ता बकम्फुसे भाषणा गरेको कुरा समाचार आउँछ र सरकार छ भनेजस्तो लाग्छ । ओली सरकारले अर्थतन्त्र बिगारेका थिए भनिन्छ तर त्यति बेला यतिधेरै बिग्रिएको थिएन होला । अथवा त्यही बेला बिग्रिएको अर्थतन्त्र अहिले सहतमा देखिएको होला । अर्थतन्त्र कसले बिगार्‍यो भन्ने कुराको अर्थ रहँदैन । तर, सपार्न कसले के गर्‍यो भन्नेचाहिँ ज्यादै महŒवपूर्ण हुन्छ । वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याएर वार्षिक बजेटमा आफ्ना कार्यक्रम राख्यो । तर, यी कार्यक्रमले न त सर्वसाधारणको अपेक्षा पूरा हुन्छ न त मुलुकको आर्थिक विकासमा योगदान नै पुग्छ । प्रशंसा बटुल्नका लागि असोज महीनाभित्रै गरीब घरपरिवारलाई १० हजार रुपैयाँ दर ५ अर्ब वितरण गर्ने भनिएको थियो । त्यसका लागि कार्यविधि बन्न र पारित हुन मात्रै यतिका समय कुर्नुप¥यो । यो रकम वितरण गर्न सरकारी निकायको झन्झटले गर्दा अर्को २÷३ महीना जान सक्छ । यसरी बाँडिएको रकमले जस पाउने मात्रे हो त्यसले न गरीब परिवार न त मुलुकले नै फाइदा पाउँछ । चुनावाका लागि भोट माग्न भने सजिलो होला त्यति हो । मुलुकको अर्थतन्त्रमा गम्भीर आर्थिक संकटका सूचक देखिँदै छन् । बजारमा तरलता अभावको समस्या छ । तरलता अभावले बजारमा ब्याजदर माथि जानेछ, कर्जा लगानी घट्नेछ र अर्थतन्त्रको लागत बढाउनेछ । सरकारले लिने आथिक नीतिले बजारलाई गति दिने हो, बजारमा पैसा सिर्जना गर्ने हो । पैसा सृजना हुन आर्थिक लगानी चाहिन्छ त्यो स्वदेशी वा विदेशी लगानी जे भए पनि हुन्छ । तर, सरकार लगानी प्रोत्साहन गर्ने व्यावहारिक नीति लिन सकेको छैन । वैदेशिक सहायता घटेको छ । वैदेशिक सहायता हामीले आयोजनामा गरेको खर्च दाताहरूले शोध भर्ना दिने हुन् । हामीले खर्च गर्न सकेको छैनौं । राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति निकै घटेको छ जुन अहिलेको चिन्तोका एउटा प्रमुख कारण हो । । शोधनान्तर स्थिति २ महीनामै ८३ अर्ब ४३ करोड घाटामा छ । विप्रेषण पनि घट्न थालेको छ । यी सबै कारणले गर्दा राजस्वको वृद्धिदर समेत खुम्चिन्छ । कर्जा विस्तार नहुँदा आर्थिक वृद्धिदर खस्किन्छ । आर्थिक वर्षको ३ महीना सकिँदासम्म पूँजीगत खर्च जम्मा ३ प्रतिशत छ । यसरी अर्थतन्त्रको सबै सूचक नकारात्मक देखिँदा पनि सरकार सञ्चालन गर्नेहरूमा यसको गम्भीरताप्रति कत्ति पनि संवेदनशीलता देखिएको छैन । सरकारी खर्च बढाउने भनेर भाषण गर्ने, सचिवहरूलाई निर्देशन दिने कामलाई नै क्रान्तिकारी कदम सोच्ने हो भने मुलुक छिनै ठूलो संकटको खाडलमा भासिन सक्छ । श्रीलंका र पाकिस्तानको अर्थतन्त्र संकटमा छ । त्यहाँ संकट कम गर्न केही उपाय भइरहेका छन् । नेपालमा त संकट आएर नागरिकहरू मर्ने स्थितिमा पुगे पनि सरकारले केही गर्ला जस्तो छाँटकाँट देखिएको छैन । यो अति हो । सरकार कहिले ब्यूँझन्छ र देशको संकट देख्छ ? श्रीहरि कार्की मण्डिखाटार, काठमाडौं

सम्बन्धित सामग्री

अर्थमन्त्रीले व्यवसायीलाई भने-अर्थतन्त्र संकटमा छ नभन्नुस्

२२ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा रहेको र आफूहरु निराश रहेको जस्ता अभिव्यक्ति नदिन उद्योगी-व्यवसायीसँग आग्रह गरेका छन् । उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने उनको भनाइ छ । बिहीवार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै […]

अर्थतन्त्र संकटमा हुँदा आयात गर्ने वा नगर्ने अधिकार सरकारको : गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन्। शुक्रवार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन्। […]

मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गएकाे छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको र श्रीलंकाको बाटोतर्फ नेपाल गइरहेको छ भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन्।नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे।शनिवार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि

जनताले अनुमोदन नगरेको शक्ति सरकारमा आउँदा अर्थतन्त्र संकटमा

नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवाली जनादेश पाएको राजनीतिक शक्ति सरकार सञ्चालनभन्दा बाहिर र राज्य सञ्चालन गर्न जनताले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताएका छन् ।बिहीबार एमाले निकट बुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले यो गाँठो तत्कालै […]

अर्थतन्त्र संकटमा पर्नुको कारण ओली नेतृत्वको सरकार : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको अर्थतन्त्र संकटमा पर्नुको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाएका छन्। समाजवादीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्र संकटमा जानुको कारण ४२ महिने बेथितिको सरकार हो। त्यही कारणले देश संकटमा जाँदै छ। बुद्धि नपुर्‍याए हामी पनि खाडलमा पर्नसक्छौँ। ४२ महिने सरकारले ल्याएको बजेटमा पनि त्रुटि छ। त्यसैले अहिले हामी होसियार भएर चल्नुपर्छ।’ केपी ओल

देशको अर्थतन्त्र संकटतर्फः ओली

बुटवल, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ । एमालेले लुम्बिनीमा गरेकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आठ महिनाअघि परमादेशका भरमा गठबन्धन सरकार बनेपछि विकास निर्माण […]

अर्थतन्त्र संकटमा छ, खेलाँची नगरौं

सरकार गम्भीर भएर अर्थतन्त्रको पुनरुत्थानमा लाग्नु नै मुलुकको हितमा छ । मुलुक यतिखेर अर्थतन्त्रमा समस्या छ र समस्या छैन भन्ने दुई कित्तामा विभाजित छ । अर्थविद्हरू अर्थतन्त्र समस्यामा छ भनिरहेका छन् । नेपाल राष्ट्र बैंक पनि अर्थतन्त्र समस्यामा रहेको तथ्यांक प्रकाशित गरिरहेछ । अझ समस्या समाधानका लागि भनेर थुप्रै वस्तु आयातमा कडाइ पनि गर्दै छ […]

अर्थतन्त्र संकटमा पर्दा नगद बाँड्दै सरकार

पछिल्ला दुई महिनाको तथ्यांकले मुलुक गम्भीर आर्थिक अवस्थामा पर्दै गएको देखिन्छ । शोधनान्तर घाटा अस्वाभाविक रूपमा बढेको छ भने व्यापार घाटा पनि चुलिएको छ । मुलुकको प्रमुख आयस्रोत तथा विदेशी मुद्राको स्रोत मानिएको रेमिट्यान्स घट्न थालेको छ, जसका कारण विदेशी मुद्राको सञ्चिति घटेर आयात गर्ने क्षमता ह्रास भएको छ । यसरी चालू आर्थिक वर्षको सुरुवातदेखि […]