काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा एमसीसीको विषयले माहोल तात्तिएको बुझिएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय भइसकेकाले एमसीसीबारे जथाभावी नबोल्न र नलेख्न चेतावनी दिए । नेपालले फेसबुकमा केही नेतारुले एमसीसीबारे जथाभावी लेखेको भन्दै अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए । उनले अनुशासनमा बस्नुपर्ने भन्दै एमसीसी अनुमोदनको पक्ष नलिएको भए […]