रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताउनुभएको छ । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गर्नुभएको थियो । हिजोदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सङ्कटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक सङ्कटसँगै बढ्दो...