इलामका दुई निर्वाचन क्षेत्रमा २५ उम्मेदवार, झलनाथ र सुवास नेम्बाङका प्रतिस्पर्धी को–को ?

इलामका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ २५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा एमाले र एकीकृत समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले महेश बस्नेत र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका छन् । सोही क्षेत्रमा जनता समाजवादी पार्टीले नेपाले कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले तोया नाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनल