४ सय ७६ पालिकामा पूर्ण विद्युतीकरण, ३५ वटा पालिकामा अझै बिजुली पुगेन

काठमाण्डाै – नेपालका सात सय ५३ वटा पालिकामध्ये चार सय ७६ पालिकामा पूर्ण विद्युतीकरण भएकाे छ । दुई सय ४२ वटा पालिकामा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ वटा पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्‍याउन सकेको छैन । प्राधिकरणले देशभरिका पालिकाका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा बिजुलीकाे पहुँच पुगेको छ । बिजुलीकाे पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलव १४ प्रतिशतले ग्रिडभन्दा...