माछापुच्छ्रे बैंकको रियल टाइम खाता खोल्ने सुविधा सहितको शाखारहित बैंकिङ सेवा :: BIZMANDU.COM

काठमाडौं। माछापुच्छ्रे बैंकले कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ मा शाखारहित बैंकि सेवा सञ्चालनमा ल्याएको छ। बैंकको यो १३औं शाखारहित बैंकिङ

सम्बन्धित सामग्री

शाखारहित बैंकिङ धमाधम घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाको शाखा नपुगेका स्थानमा वित्तीय पहुँच पुर्‍याउन शुरू गरिएको शाखारहित (ब्रान्चलेस) बैंकिङ सेवा केन्द्रको संख्या घट्न थालेको छ । गाउँगाउँमा बैंकका शाखा खुल्न थालेपछि शाखारहित बैंकिङ बन्द हुन थालेका हुन् ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारमा १ हजार ३ सय १९ ओटा शाखारहित बैंकिङ सेवाकेन्द्रले ३ लाख २० हजारभन्दा बढीलाई सेवा दिएका छन् । सेवाकेन्द्र संख्या अघिल्लो वर्ष असारको तुलनामा कम हो । २०७९ असारमा १ हजार ५ सय ४८ त्यस्ता केन्द्रमार्फत २ लाख ८३ हजारभन्दा बढी ग्राहकले सेवा लिएका थिए । गतवर्षको तुलनामा शाखारहित बैंकिङमा सेवाग्राहीको संख्या बढे पनि सेवाकेन्द्र संख्या भने घटेको देखिन्छ ।  राष्ट्र बैंकले २०६६ जेठमा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि २०६८ सालमा यो सेवा शुरू भएको थियो । एक दशकसम्म शाखारहित बैंकिङ विस्तार भए पनि २०७८ असारयता घट्न थालेको हो । २०७२ सालको महाभूकम्पपछि दातृ निकायले पनि शाखारहित बैंकिङ सेवा विस्तारका लागि सहयोग गरेका थिए । तत्कालीन समयमा बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले भूकम्प प्रभावित १४ जिल्ला तथा सुदूर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार गर्न सहयोग गरेको थियो । उक्त सहयोग बन्द भएपछि शाखारहित बैंकिङ सेवाकेन्द्रहरू बन्द हुन थालेका हुन् ।  पछिल्लो समय राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा बन्द गर्न कडाइ गरेको छ । उसले ६ महीनादेखि सञ्चालनमा नरहेको र अन्य बैंकको शाखा विस्तार भई वित्तीय पहुँच विस्तार भएको अवस्थामा मात्र शाखारहित बैंकिङ सेवाकेन्द्र बन्द गर्न पाइने व्यवस्था गरेको हो । यो बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ ।  पछिल्लो समयमा बैंक, वित्तीय संस्थाको शाखा विस्तारले शाखारहित बैंकिङ घटेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहालले बताए । विद्युतीय कारोबारको विस्तारले पनि शाखारहित बैंकिङको महत्त्व घटाएको उनको भनाइ छ ।  बैंकको शाखा नभएका स्थानमा सरल तथा सहजरूपमा वित्तीय पहुँच पुर्‍याउन राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएको थियो । यो सेवाअन्तर्गत शाखा नपुगेका स्थानमा बैंकले स्थानीय व्यापारी वा सेवाग्राहीसँग सम्झौता गरेर प्रतिनिधि तोक्छ । उक्त प्रतिनिधिले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, विप्रेषण भुक्तानी र ससानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनमा बैंक, वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने प्रावधान छ ।

कामना सेवाको शाखारहित बैंकिङ सेवा विस्तार

कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।बैंकले मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ को नमुना चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका […]

कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति असार २६ गतेबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।  शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान ग

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकले आइतबारदेखि नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ स्थित साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले स्थानीय भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष गोविन्द प्रसाद महतो, वडा सदस्य रुद्र बहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।&

दिक्तेलमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । बैंकले नगरपालिकाको वडा नं १४, बुइपामा  शाखारहित बैंकिङ सेवा शुरू गरेको हो । यससँगै बैंकका शाखारहित बैंकिङ सेवा संख्या २७५ पुगेको छ । शाखारहित बैंकिङबाट ग्रामीण क्षेत्रका स्थानीयले बैंकिङ सेवा लिँदै आएका छन् । बैंकका अनुसार शाखारहित सेवाबाट ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने लगायत सुविधा पाउन सक्नेछन् । त्यस्तै कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम/सीडीएमए लगायतको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायत सेवा समेत उपलब्ध हुने बैंकले बताएको छ । हाल बैंकले २८८ शाखा, २७५ शाखारहित बैंकिङ सेवा (नयाँ सहित), २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

मेगा बैंकले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मीको मुसिकोट नगरपालिका ५ देउरालीमा महेन्द्र घिमिरेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका २ बाङकामा जानकी रावतलाई नियुक्त गरि सेवा विस्तार गरेको हो । सेवा अन्तर्गत बैंक खाता खोल्ने,

ग्रामीण क्षेत्रका थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

मेगा बैंकले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार स्थानमा शाखारहित बैंकिङ सेवाविस्तार गरेको छ । प्रदेश नम्बर एकस्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।शाखारहित बैंकिङ्ग सेवा अन्तरगत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दै

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका– ८ दाप्चाबजार र ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका–३ सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुन्डेबेंसी शाखाअन्तर्गत रहने गरी दाप्चाबजारमा खोलिएको सेवाका लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सिन्वामा खोलिएको सेवाका लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका नागरिकले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जा ब्याज भुक्तानी, रेमिट्यान्सलगायत सेवा सेवा लिन सकिनेछ । बैंकले हाल २८२ शाखा, २५२ एटीएम, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखारहित सेवा

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले थप ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा  शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकले इलामको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सरदेवा र मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । पञ्चमी बजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, सरदेवामा विमला टण्डन र नयाँबजारमा दीपेन्द्रकुमार सरदारलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले बताएको छ । शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका नागरिकले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी, रेमिट्यान्स, महसुल भुक्तानीलगायत सेवा लिन सकिनेछ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकले हाल २८० शाखा, २५० एटीएम, २६० शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।