निषेधाज्ञामा सुनसान धनकुटा (फोटो फिचर)

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन धनकुटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको तेस्रो दिन भएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गत बुधबार सूचना जारी गरी सोही दिन रातको १२ बजेदेखि आगामी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू भएको छ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा