आफ्नै कीर्तिमान तोडे कामी रिताले, यस वर्षको सगरमाथा आरोहण शुरु

काठमाडौँ । कामी रिता शेर्पाले २६ औँ पटक सगरमाथा आरोहण गरेसँगै आफ्नै कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिवार सगरमाथा शिखरमा पुगेसँगै यसअघिको रेकर्ड तोडेका हुन् । उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो । सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण […]

सम्बन्धित सामग्री

यस वर्षको वसन्त आरोहणका लागि हालसम्मकै बढी आरोहीले लिए अनुमति

वैशाख २३, काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् ।  यसमा ९३ महिला र ३१५ पुरुष छन् । सो याममा सगरमाथाका लागि ४१ आरोही समूहले अनुमति पाएका थिए । यो अघिल्लो सन् २०१९ को वसन्त यामभन्दा बढी हो । सन् २०२० मा वसन्त आरोहण भएन । विभागको पर्वतारोहण शाखाका विवरणमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८ हजार ८४८ दशमलव ८६ मिटर) आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।  सगरमाथापछि सोही क्षेत्रमा पर्ने ल्होत्से (८ हजार ५१६ मिटर) हिमाल आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी १२५ आरोही छन् । नुप्से (७ हजार ८६४ मिटर) मा ३८ र पुमरी (७ हजार १६१ मिटर) मा नौ आरोहीलाई अनुमति दिइएको छ । त्यसैगरी गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८ हजार ०९१) आरोहणका लागि आर आरोही समूहका ४४ र धौलागिरि हिमाल (८ हजार १६७ मिटर) मा पाँच आरोही समूहका ३३ आरोही छन् ।  संखुवासभामा पर्ने मकालु हिमाल (८ हजार ८४६३ मिटर) आरोहणका लागि दुई आरोही समूहका २० र गोरखामा पर्ने मनास्लु हिमाल (८ हजार १६३ मिटर) मा एक आरोही समूहले अनुमति लिएका छन् । तिलिचो हिमाल (७ हजार १३३ मिटर) मा आठ र हिम्लुङ हिमाल (७ हजार १२६ मिटर) मा सात आरोहीलाई अनुमति दिइएको छ । यसबीचमा अन्नपूर्ण हिमालमा केही आरोहण भए भने मौसमले साथ दिए अबको केही दिनभित्रै सगरमाथा आरोहण शुरु हुने विभागले जानकारी दिएको छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविरमा छन् । सर्वोच्च सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प ४ मा पुगिसकेका छन् । सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रू. ७१ करोड ४८ लाखभन्दा बढी सलामी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै करीब रू. ६६ करोड रोयल्टी जम्मा भएको छ ।  कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विदेशी पर्यटकको उद्धारमा सक्रिय बोर्ड निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपत् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ । सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौतानुरुप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने बोर्डले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले यही वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौं ल्याएको छ । बोर्डले बुधवार विभिन्न मुलुकका ११ विदेशीलाई उद्धार गरी काठमाडौं ल्याएको छ । उनीहरुमध्ये लाङटाङबाट पाँच पोल्याण्डबासी, पोखराबाट चार युक्रेनी र लुक्लाबाट दुई अमेरिकी हुन् । यस्तै संस्कृति मन्त्रालयको यही वैशाख २१ गतेको निर्णयानुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको छ । रासस

आगामी साताबाट सगरमाथा आरोहण शुरु हुँदै

१७ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान …

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।