प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुने बताएका छन् । शुक्रबार आयोगले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कानुन बमोजिम कारवाही गर्न आयोग तयार छ । त्यस्तो छुट हुनेछैन ।’ उनले प्रत्येक निर्वाचनहरूमा आचारसंहिता कार्यान्वयनबारे प्रश्न उठ्ने गरेको पनि बताए । उनले आयोगले आचारसंहिता कार्यान्वयनका सवालमा आयोगले गरेको सरोकारवाल