काँग्रेस महाधिवेशन :  शीर्ष नेताहरु भृकुटीमण्डपमा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि २ बज्नै लाग्दा समेत औपचारिक रुपमा सुरु हुन सकेको छैन । उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरु पुगेका छन् । देउवा सुरुमा पुगेका थिए भने पौडेल लगायतका नेताहरु केही ढिलागरी पुगेका हुन् । यसअघि पौडेल उद्घाटन सत्रमै नजाने बताएपनि नेताहरुले सहभागी हुन आग्रह गरे

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : पौडेल तयार भए सर्ने, नभए नसर्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन संवैधानिक समयसीमाभित्र नहुने स्थिति बन्दै गएपछि नेताहरु छलफलमा जुटेका छन् । भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । शीर्ष नेताहरु अब पार्टीको संवैधानिक संकट टार्न विकल्प खोजिरहेका छन् । भदौ २३ भित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । आगामी भदौ २३ गते केन्द्रीय कार्यसमितिको कार्यकाल ५ वर्ष ६ महिना पूरा हुँदैछ । नेपालको संविधानको धारा २६९